×

NMB BANK
NIC ASIA

आर्थिक सर्वेक्षण

अर्थतन्त्रको चित्र : आर्थिक वृद्धि ५.८४ प्रतिशत, व्यापार घाटा कहालीलाग्दो (आर्थिक सर्वेक्षणको पूर्णपाठ)

जेठ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चालू आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रको वृद्धिदर सामान्य रूपमा सुधार भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा पेश गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार, यस वर्ष नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.२५ प्रतिशत मात्रै थियो । 

Muktinath Bank

यस वर्षका कोभिड महामारी न्यूनिकरण भएको र उर्जा क्षेत्रको उत्पादन र विस्तारले आर्थिक वृद्धिमा योगदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ । जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आइतबार अर्थमन्त्री शर्माले संसदमा आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण प्रस्तुत गर्ने कार्यक्रम छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको मूल्य अभिवृद्धि सबैभन्दा धेरै अर्थात ८.१ प्रतिशत रहेको छ । त्यसैगरी, कृषिको २.३ प्रतिशत र सेवा क्षेत्रको ६.६ प्रतिशतले वृद्धी हुने अनुमान रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 
त्यसैगरी, चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रहेको अर्थमन्त्रालयले बताएको छ । जसमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

नेपालीको प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको छ ।
यसअघि आर्थिक वर्ष ०७७/७८ मा १२४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १३८१ डलर पुग्ने अनुमान गरिएको हो ।

Vianet communication
Laxmi Bank

चालु आर्थिक वर्षको फागुनसम्म कुल बस्तु निर्यात ८२.९ प्रतिशतले बढेको छ । त्यस अवधिमा १ खर्ब ४७ अर्ब ७५ करोड बराबरको बस्तु निर्यात भएको छ । 
उक्त अवधिमा कुल बस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ । 

व्यापार घाटा भने ३४.५ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड मात्रै थियो । 
२०७८ फागुनसम्म आन्तरिक ऋण ८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन भएको छ । सोही अवधिसम्ममा ९ अर्ब ४६ करोड अनुदान  र १६ अर्ब ६१ करोड ऋण गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बैदेशिक ऋण सहयोग प्रतिवद्धता आएको अर्थमन्त्रालयले बताएको छ । 

चालु आर्थिक वर्षको फागुनसम्म रेमिट्यान्स आउने क्रम १.७ प्रतिशतले घटेको छ । सोही अवधिसम्म ६ खर्ब ३१ अर्ब १९ करोड मात्रै रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ४२ अर्ब ३३ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

२०७८ को  फागुन मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ७१ अर्बमा सीमित भएको छ । यसले ६.७ महिनाको मात्रै बस्तु तथा सेवा आयात धान्न सक्छ । चालु आर्थिक वर्षमा विदेशी विनिमयको सञ्चिति असाध्यै कमजोर अवस्थामा पुगेको छ । 

यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x