×

NMB BANK
NIC ASIA

बजेट

बजेटबारे निजी क्षेत्रको प्रतिक्रियाः बजेट सकारात्मक छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ

जेठ १५, २०७९

NTC
Premier Steels

सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले बताएका छन् । 

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले उठाउँदै आएको विषय बजेटमा समेटिएको बताए ।  ‘उद्योग क्षेत्रको समस्यालाई मसिनो गरी अर्थमन्त्रीले समेटेका छन् । निर्यात बढाउने कुरा सकारात्मक छ,’ गोल्छाले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशीलाई नेपालमा अपार्टमेन्ट किन्न दिने व्यवस्था सम्बोधन भएकोमा गोल्छाले सन्तुष्टि व्यक्त गरे । बजेटले १०० युनिटका अपार्टमेन्टमा २० प्रतिशत युनिट विदेशीलाई विदेशी मुद्रामा नै बिक्री गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

त्यसै गरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि निजी क्षेत्रले दिएको सुझाव बजेटमा समेटिएको बताए ।  ‘करको दायरा बढाउने कुरा उल्लेख भएको छ । कर राजश्व क्षेत्रमा राम्रो सुधारको संकेत बजेटमा उल्लेख भएको छ,’ मल्लले भने । 

Vianet communication

बजेटको आकार ठूलो भएको तर, बीचमा घटाउन नहुने उनले बताए । बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेकाले सरकारले त्यसमा ध्यान दिनुपर्ने मल्लको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले पनि बजेटमा निजी क्षेत्रले उठाएको कुरा समेटिएको बताइन् । ‘जग्गाको हदबन्दीको कुरा सम्बोधन भएको छ । विदेशीले पनि अपार्टमेन्ट किन्न पाउने राम्रो व्यवस्था हो । फलाम, डण्डी, फुटवेयरको निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने व्यवस्था राम्रो छ,’ राणाले भनिन् ।  

त्यसै गरी, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने कुरा राम्रो भएको, कोभिडमा अप्ठ्यारोमा परेका उद्योग र सेवा क्षेत्रलाई सहुलियत दिने कुरा नदेखिएको उनले बताइन् । 

अहिलेको बजेटलाई लागू गर्दा अर्थतन्त्र सुधारमा योगदान पुग्ने राणाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x