×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीलाई प्रश्न : कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्यको बजेट कटौती गर्नुभएको हो ?

जेठ १७, २०७९

NTC
फाइल फोटो
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिशन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गर्नुभएको हो भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।

Muktinath Bank

सचिव भट्टराईले सरकारले गत वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिशन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशंका व्यक्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे इन्टरभ्यू दिँदा अर्थमन्त्रीहरूले कमिशन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिर गरे ।


Advertisment
Nabil box
Kumari

पूर्व मन्त्री समेत रहेका भट्टराईले बजेट गन्तव्यविहीन भएको उल्लेख गर्दै यसले मुलुकको कुनै पनि खालको हित गर्न नसक्ने दाबी गरे । उनले सरकारले ल्याएको बजेटले मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि उत्पादक शक्तिहरूको विकास र उत्पादनका साधनको अधिकतम उपयोग गर्ने कुरालाई चासो समेत नदिएको बताए ।

Vianet communication

सचिव भट्टराईले भने, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा हामीले प्रश्न उठाइरहेका छौं । कतैकतै यो बजेट हेर्दा लेशसफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतैकतै यो बजेट हेर्दा अलिअलि माक्र्सको पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ । कता जाने यसले गन्तव्य निश्चित गरेको छैन । त्यसको अर्थ यो कतै पनि जाँदैन । यो त्यही बस्छ, अल्मलिएर बस्छ । यसले कुनै गन्तव्य लिनेवाला छैन र मुलुकलाई कुनै हित हुनेवाला छैन । मैले बुझेको समाजको सामाजिक रूपान्तरण, सामाजिक विभेदहरू, आर्थिक विभेदलाई अन्त्य गर्ने कुराहरू मूलतः त्यहाँका उत्पादक शक्तिहरूको विकास र उत्पादनका साधनहरूको न्यायोचित वितरण र त्यसको अधिकतम उपयोग गर्दै विद्यमान सामाजिक, आर्थिक असमानताहरूलाई अन्त्य गर्ने र एउटा न्यायमूलक र समतामूलक समाज निर्माण गर्ने सायद हाम्रो गन्तव्य यो हो तर यो बजेटले हाम्रो नेपाली समाजमा रहेका उत्पादक शक्तिहरूको विकास गर्ने कुरामा र उत्पादनका साधनहरूको अधिकतम उपयोग गर्ने कुरामा यसले कुनै ध्यान दिएको छैन । त्यसैकारण पनि यो बजेट जहाँको त्यही बस्छ भनेर निवेदन गर्न खोजेको हुँ । अहिले टिकटकमा माननीय अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । सायद उहाँले पनि हेर्नुभयो होला । त्यतिबेला उहाँले एउटा इन्टरभ्यू दिइरहनुभएको थियो । त्यो मैले हिजो मात्रै टिकटकमा हेरे । शिक्षाको बजेट किन बढाएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ । शिक्षाको बजेटमा त २० प्रतिशत हुनुपथ्र्यौं, स्वास्थ्यको बजेट त २० प्रतिशत हुनुपथ्र्यो भन्दै उहाँले के भन्नुभएको छ भने – त्यहाँ किन बजेट बढाउँदैनन् भने अर्थमन्त्रीहरू त्यहाँ कमिशन आउँदैन । उहाँले त्यो भन्नुभएको छ । आज उहाँ स्वयंले अर्थमन्त्रीको रूपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा उहाँले कुनै उल्लेख्य बजेट राख्नुभएको छैन । २० प्रतिशतको कुरै छोडौं । १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु – के साँच्चै कमिशन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नुभएको हो त ? मेरो गम्भीर प्रश्न यहाँलाई त्यहाँनिर छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x