×

NMB BANK
NIC ASIA

मुख्य अड्डामै छैनन् हाकिम

बढुवाको दाउपेचले प्रहरीका महत्त्वपूर्ण अड्डा नेतृत्वविहीन, गम्भीर अनुसन्धान प्रभावित

जेठ २३, २०७९

NTC
Premier Steels

देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रमुख जिम्मा नेपाल प्रहरीको हो । त्यसका लागि प्रहरीमा विभिन्न विभाग, प्रदेश कार्यालय, ब्यूरो कार्यालय, कार्यालय र अड्डाहरूले आ–आफ्नो जिम्मेवारीको काम गर्छन् ।

Muktinath Bank

प्रहरीले तिनै कार्यालयमार्फत शान्ति सुरक्षाको काम गर्दै आएको छ । तर प्रहरीमा महत्त्वपूर्ण मानिने ब्यूरो र कार्यालयहरू अहिले प्रमुखविहीन छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखविहीन रहेको मध्ये पहिलो र महत्त्वपूर्ण कार्यालय हो । देशभित्र भएका घटनाको सत्यतथ्य अनुसन्धान गर्छ भन्ने छवि बनाएको सीआईबी एक महिनादेखि निर्देशक र उपनिर्देशकविहीन छ ।


Advertisment
Nabil box
Kumari

अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) निर्देशक र प्रहरी नायब महानिरीक्षक (डीआईजी) उपनिर्देशक रहने सीआईबी वैशाख १९ गतेदेखि नेतृत्वविहीन रहेको हो । 

Vianet communication

सीआईबी प्रमुख रहेका धीरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) बनाएपछि सीआईबी नेतृत्वविहीन बनेको हो । उपनिर्देशकले अनिवार्य अवकाश पाइसकेका छन् ।

एक महिनाभन्दा बढी समयदेखि सीआईबी एसपीको भरमा चलिरहेको छ ।

पछिल्लो समय कामको गति घटेको भन्ने आरोप खेपिरहेको सीआईबी नेतृत्वविहीन हुँदा अपराध अनुसन्धानमा असर पर्न गएको प्रहरी अधिकारीहरू नै स्वीकार्छन् ।

उपत्यकाको सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) रानीपोखरी पनि प्रमुखविहीन छ । एआईजी हरिबहादुर पाल वैशाख १९ गते सेवा अवधिका कारणले अनिवार्य अवकाशमा गएपछि मेट्रो एक महिनादेखि प्रमुखविहीन रहेको हो ।

देशभरमा ‘सेन्सेटिभ’ मानिने उपत्यकाको सुरक्षा कमाण्ड मेट्रो प्रमुखका रूपमा एआईजीले सम्हाल्छन् । उनको मातहतमा काठमाडौं जिल्ला प्रहरी परिसर, भक्तपुर जिल्ला प्रहरी परिसर, ललितपुर जिल्ला प्रहरी परिसर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय रहेका छन् । 

यी पाँचै कार्यालयहरू सुरक्षाका हिसाबले निकै नै महत्त्वपूर्ण मानिन्छन् ।

आज (सोमवार)सम्म प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी पनि एआईजीमा बढुवा सिफारिश भएका छन्, तर बढुवा नहुँदा निमित्तको नेतृत्वमा चलिरहेको छ ।

त्यस्तै देशभर लागूऔषध नियन्त्रण र अनुसन्धानको कमाण्ड सम्हाल्दै आएको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ४ महिनादेखि नेतृत्वविहीन छ ।

नेपालमा पछिल्लो समय लागूऔषध तस्करीको जालो बढ्दै गएको अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने ब्यूरो नै प्रमुखविहीन छ ।

एसएसपी हृदय थापा २०७८ फागुनमा अवकाशमा गएपछि त्यहाँ निमित्तको रूपमा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले नेतृत्व सम्हाल्दै आएका छन् ।

र, अर्को प्रमुख अड्डा पछिल्लो समयमा सबैभन्दा धेरै काम हुने साइबर ब्यूरो पनि प्रमुखविहीन छ । दूरसञ्चार र प्रविधिको प्रयोग बढ्दै गएसँगै स्थापना भएको साइबर ब्यूरो प्रमुख रहेका तत्कालीन डीआईजी रामकृपाल साहले पनि वैशाख १९ मा आईजीपी शैलेश थापा क्षेत्रीसँगै अनिवार्य अवकाश पाएका थिए ।

साइबर ब्यूरोको नेतृत्व अहिले एसएसपी नविन्द अर्यालले सम्हाल्दै आएका छन् । 

प्राविधिक एसएसपी भएपनि रामकृपालभन्दा अगाडि स्थापना कालदेखि नै उनले नेतृत्व सम्हाल्दै आएका थिए । साइबर ब्यूरोमा डीआईजी खाली भएपनि अर्यालले कामकारवाहीमा भने खासै फरक पर्न दिएका छैनन् ।

निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीसँगै ३ एआईजी, १४ जना डीआईजी र केही एसएसपीहरू अनिवार्य अवकाशमा गएपछि मुख्य अड्डाहरू नै प्रमुखविहीन बनेको हो ।

यसबीचमा सरकारको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित हुँदा बढुवा हुन सकेको छैन ।

खाली रहेको एआईजी पदमा ८/९ दिनअगाडि बढुवा सिफारिश गरेपनि अहिलेसम्म बढुवाको निर्णय हुन सकेको छैन । सम्भवतः आज (सोमवार) बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सम्भावना छ । डीआईजीहरूको प्रक्रिया समेत अगाडि बढाएको छैन ।  

आईजीपी धीरजप्रताप सिंहले अवकाशका कारण पद रिक्त भएपनि बढुवाको काम टुंगिएपछि छिट्टै प्रमुखहरू खटाइने बताए ।

‘अनिवार्य अवकाश र बढुवा भएका कारणले पद खाली भएको हो, त्यसको बढुवा प्रक्रिया टुंगिएलगत्तै खाली भएका कार्यालयमा प्रमुख नियुक्त हुन्छन्,’ आईजीपी सिंहले लोकान्तरसँग भने ।

एआईजी बढुवाको निर्णय लगत्तै महत्त्वपूर्ण कार्यालयहरूमा प्रमुख खटाइने उनको भनाइ छ । कार्यक्षमता र अनुभवका आधारमा जिम्मेवारी दिने उनले बताए ।

अहिले डीआईजीको १७ पद रिक्त हुँदा केही प्रदेश प्रहरी कार्यालयहरू पनि प्रमुखविहीन छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x