×

Dabur
MG

जनता समाजवादी पार्टी  (जसपा) नेपालभित्रको अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेको छ । 

yONNEX
Sagarmatha Cement
Kumari

जसपाभित्र बढ्दै गरेको अन्तरसंघर्षलाई व्यवस्थापन गर्नुको साटो कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव मधेश गएर बसेपछि अहिले पार्टी विभाजनको नजिक पुगेको हो ।  


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

जसपाभित्र सांसददेखि नेतासम्म उपेन्द्र यादवको कार्यशैलीबाट लामो समयदेखि भित्रभित्रै असन्तुष्ट थिए । तर, अब त्यो असन्तुष्टि सतहमै देखिन थालेको छ । यहाँसम्म कि जसपाका सांसदहरू आफ्नै पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूविरुद्ध असन्तुष्टि पोखिरहेका छन् । 


Advertisment
Tezz
Berger
Pardeshi

जेठ २७ गते त सांसदहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको कार्यकक्षमा गएर टेबुल ठोकठाक गर्नेदेखि पानीको बोतल बजार्नेसम्म गरे । सांसद रामबाबु यादव मन्त्री श्रेष्ठविरुद्ध उनको कार्यकक्षमै पड्किए । 

Vianet communication
Laxmi Bank

आफ्नो संसदीय क्षेत्रका लागि दिएको योजना बजेटमा पार्न पटक-पटक लेटरप्याडमा लिखित दिए पनि बजेटको रातो किताबमा नपरेपछि सांसद यादव मन्त्री श्रेष्ठलाई भेट्न पुगेका थिए । 

'योजना परेको होला' भनेर मन्त्री श्रेष्ठ टारेर कार्यकक्ष बाहिर जानै सांसद यादवले मन्त्रीविरुद्ध जोडले मात्र बोलेनन्, टेबुल नै बेस्सरी ठोकेका थिए । त्यतिले पनि नपुगेपछि उनले पानीको बोतल जोडले बजारेर मन्त्री श्रेष्ठलाई हातपात गर्न समेत अगाडि बढेका थिए । 

तर, मन्त्रीका स्वकीय सचिव र उनका सुरक्षा गार्डले मन्त्रीलाई जोगाएका थिए । त्यसपछि मन्त्रालयमा सिंहदरबार गणबाट नेपाल प्रहरीलाई समेत बोलाइएको थियो । 

मन्त्री श्रेष्ठमाथि आक्रोश पोख्ने बाराबाट निर्वाचित सांसद यादव जसपा मधेश प्रदेश अध्यक्ष पनि हुन् । त्यो दिन उनीसँगै पर्साबाट निर्वाचित भएका तर हाल निलम्बित जसपा सांसद हरिनारायण रौनियार पनि मन्त्री श्रेष्ठको कार्यकक्षमा पुगेका थिए । 

उनका अनुसार सांसद यादवको आक्रोश मन्त्री श्रेष्ठ भन्दा पनि भौतिक पूर्वाधार मन्त्री रेणु यादव विरुद्ध थियो । एक दिनअघि नै सांसद यादव र रौनियार आफ्नो गुनासो राख्न भौतिक मन्त्रालयमा गएका थिए । तर, त्यस दिन मन्त्री यादव मन्त्रालयमा अनुपस्थित थिइन् ।

'मन्त्री नभएपछि हामीले मन्त्रीका स्वकीय सचिव र मन्त्रालयका सचिव समक्ष आफ्नो गुनासो राखेका थियौं, त्यहाँ पनि हाम्रो चर्काचर्की भएकै थियो,' निलम्बित सांसद रौनियारले लोकान्तरसँग भने, 'त्यसपछि भोलिपल्ट समय लिएर मन्त्री श्रेष्ठलाई भेट्न जाँदा मन्त्रीको कार्यकक्षमै तनाव भएको थियो ।'

अहिले देखिएको तनाव सामान्य भएको भन्दै उनले आउने दिनमा अझै ठूलो घटना पनि हुन सक्ने बताए । 

सरकारमा सहभागी भएका मन्त्रीहरूले आफ्नो संसदीय क्षेत्रलाई मात्र प्राथमिकतामा राखेको उनको आरोप छ । आफ्ना कार्यकर्ताका लागि मात्र बजेट दिने गरेकाले निर्वाचित सांसदहरू आफ्नै मन्त्रीहरूबाट पीडित भएको उनको भनाइ छ । 

'वडामा अध्यक्ष समेत जित्न नसक्नेहरू पार्टीमा नेताको चाकडी गरेर पार्टीमा उच्च ओहदा पाएका छन्, समानुपातिक सांसददेखि मन्त्री समेत बनेका छन्,' रौनियारले थपे, 'स्थानीय निर्वाचनमा आफ्नो क्षेत्रमा एउटा वडा सदस्य समेत जिताउन नसक्नेहरू मन्त्री बनेर पार्टीका निर्वाचित सांसदहरूसँग भेदभाव गर्दै बजेटमा मनपरी गरेका छन् ।' 

जनताको मत लिएर प्रत्यक्ष निर्वाचित भएर आएका सांसदहरूसँग कुरा गर्दा पनि झर्किएर कुरा गर्ने, अवहेलना गर्ने, बजेट वितरणमा काखापाखा गर्ने प्रवृत्तिका कारण यस्ता घटनाहरू झन् बढ्दै जाने उनी बताउँछन् । 

यो घटनाले पनि जसपामा सांसद-मन्त्री बीचको चरम असन्तुष्टिलाई प्रकट गर्छ । यो त उदाहरण मात्र हो, जसपाभित्र विभिन्न विषयलाई लिएर अन्तरसंघर्ष चुलिएको छ । 

केही सांसदहरू मन्त्रीले बजेटमा आफ्नो क्षेत्रको योजना नपारिदिएको विषयलाई लिएर असन्तुष्ट छन् भने केही सांसद ६ महिनाका लागि मन्त्री बनेको भए पनि ८ महिना बढी समय मन्त्री खाइसकेको भन्दै असन्तुष्ट छन् । 

आलोपालो गरेर अन्यलाई पनि मन्त्री बनाउने भनेर नेतृत्वले दिएको आश्वासन पूरा नगरेको भन्दै केही सांसदहरूले मन्त्री बन्न पाउनुपर्ने माग राखेका छन् । 

अर्कोतर्फ जसपाको विधानमा दुई जना कार्यकारिणी अध्यक्ष हुनुपर्ने प्रावधान कार्यान्वयन नभएको भन्दै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि असन्तुष्ट देखिएका छन् । 

पार्टीभित्रको आन्तरिक लोकतन्त्र नभएको भन्दै भित्रभित्रै पार्टीका नेताहरूमा चरम असन्तुष्टि देखिएको छ । केन्द्रीय समितिको बैठकबाट असार १ गतेका लागि तय गरिसकिएको विधान अधिवेशन बोलाउने कुनै छाँटकाँट नदेखिएपछि जसपाका धेरै जसो नेताहरू असन्तृष्ट देखिएका छन् ।  

जसपाका कार्यकारिणी सदस्य समेत रहेका सांसद राजकिशोर यादव पनि पार्टीका नेतादेखि सांसदसम्ममा असन्तुष्टि बढ्दै गएको बताउँछन् । 

'पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित हुन सकेको छैन, पार्टीभित्र लोकतात्रिक चरित्र देखिएको छैन,' यादवले लोकान्तरसँग भने, 'पार्टीमा बैठक नै बस्न सकेको छैन,  जसलाई जे मन लागेको छ त्यही गरिरहेको छ, अन्योलको स्थिति छ ।' 

नेतृत्वलाई जे मन लाग्यो त्यही गर्ने गरिएको उनले आरोप लगाए । 'स्थानीय तहको निर्वाचनपछि हुनुपर्ने समीक्षा बैठक बस्न सकेको छैन, बजेटसम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्नुपर्ने विषयदेखि पार्टीभित्रका कार्यकारिणी सदस्यलाई जिम्मेवारी दिनुपर्ने लगायत थुप्रै विषयमा पार्टीको बैठक बस्नुपर्ने थियो,' उनले लोकान्तरसँग भने, 'सामूहिक निर्णयको आधारमा पार्टी सञ्चालन गर्नुपर्नेदेखि जसपा रोजेका हामीले पाउनुपर्ने जिम्मेवारीका विषयमा समेत बैठक बसेर सामूहिक निर्णय गर्नुपर्नेमा बैठक नै बस्न नसकेपछि नेताहरूबीच असन्तुष्टि बढ्दै गएको हो ।'

पार्टीको कार्यकारिणी समिति बैठकबाट नै असार १ गतेका लागि तय गरिएको विधान अधिवेशन बोलाउने कुनै सुरसार नै नदेखिएको उनले बताए । पार्टी विभाजनभन्दा पनि पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने, विधान बमोजिम पार्टी सञ्चालन गर्ने विषयमा अन्तरसंघर्ष देखिएको उनले बताए ।

साविकको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भएर जसपा बन्दा पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा दुई जना अध्यक्ष रहने र संघीय परिषदमा एक जना अध्यक्ष रहने विधान बनाइएको थियो । तत्कालीन अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि जसपामा अर्को अध्यक्ष पद रिक्त छ । त्यही रिक्त पदमा भट्टराई अध्यक्ष हुन चाहेका छन् ।

विधानमा दुई जना कार्यकारिणी अध्यक्ष हुनुपर्ने प्रावधान पालना नभएको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनअघि नै सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान चलाएका थिए । पार्टीको विधानबमोजिम दुई जना कार्यकारिणी अध्यक्ष हुनुपर्ने मागसहित भट्टराईले हस्ताक्षर संकलन गरेर पार्टीको नेतृत्व हत्याउने प्रयास गरेका थिए । 

अन्त्यमा बाध्य भएर यादवले केन्द्रीय समितिको बैठक बोलाएर असार १ गतेका लागि विधान अधिवेशन बोलाउने निर्णय गरेर पार्टी विभाजन टारेका थिए । पार्टीको महत्त्वपूर्ण निर्णयका लागि कार्यकारिणी समितिको बैठक बोलाउने विधानको प्रावधान रहे पनि तत्काल बैठक बोलाउन समस्या हुने भन्दै उक्त अधिकार पार्टीको हेडक्वार्टरलाई दिइएको थियो । उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय पार्टी हेडक्वार्टर बनाइएको थियो । त्यसै गरी स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गर्ने जिम्मेवारी समेत अशोक राईलाई दिएर पार्टीभित्रको विवाद तत्काल साम्य पारिएको थियो ।

तर, स्थानीय तहको निर्वाचनपछि अहिले आएर फेरि पनि पार्टीभित्रको उक्त विवाद अहिले बढ्दै गएको छ । पार्टीको विधान अधिवेशन बोलाउन यादव इच्छुक नदेखिएको भन्दै भट्टराई समूहले फेरि पनि सांसद र केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्न लागेको केही सांसदले लोकान्तरलाई बताए । संसदीय दल र केन्द्रीय समिति दुवैमा बहुमत जुटाएर पार्टीको नेतृत्व नै कब्जा गर्ने रणनीतिमा भट्टराई अघि बढेको यादव निकट केही नेताहरूको पनि आशंका छ । 

भट्टराई निकट कार्यकारिणी सदस्य विश्वदीप पाण्डे भने पार्टीभित्र विभिन्न विषयमा बहस र छलफल भइरहेको भए पनि हस्ताक्षर संकलन भने नगरिएको बताउँछन् । नेतृत्वसहित पार्टी कब्जा गर्ने उद्देश्यले विभिन्न सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गरिरहेको आरोपमा कुनै पनि सत्यता नरहेको उनले बताए । 'पार्टीभित्र समावेशी नेतृत्व, स्थानीय तहको निर्वाचन परिणाम, विधान अधिवेशनलगायतका विषयमा बहस र छलफल भइरहे पनि हस्ताक्षर संकलनको काम गरिएको छैन,' पाण्डेले लोकान्तरसँग भने । 

एकातर्फ पार्टीभित्र जसपा अध्यक्ष उपेन्द्र यादवलाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ भने अर्कोतर्फ यादव भने मधेश दौडाहामा छन् । केही दिनदेखि उनी मधेश प्रदेशको सदरमुकाम जनकपुरधाममा पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै केन्द्रीय सदस्यहरूसँग पनि सघन छलफलमा जुटेका छन् । 

जेठ २६ गते पार्टीको कार्यक्रममा सहभागी हुनुका साथै धनुषा र महोत्तरीका केन्द्रीय सदस्यहरूसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसै गरी जेठ २९ गते उनी राष्ट्रिय जनता पार्टी नेपाल लोकतान्त्रिकसँग पार्टी एकताको लागि जनकपुरमा आयोजित कार्यक्रममा उपस्थित भएका थिए । 

जबजब पार्टीभित्र यादवलाई चुनौती दिने काम गरिन्छ तबतब उनी काठमाडौंभन्दा पनि मधेशमा बढी सक्रिय देखिन्छन् । 'पार्टीको आधार इलाका नै मधेश प्रदेश हो, मधेशका नेतादेखि सांसदहरू आफ्नै पक्षमा छन्,' यादव निकट एक नेताले लोकान्तरसँग भने, 'पार्टीविरुद्धमा षड्यन्त्र गर्न लाग्नेहरूलाई पार्टी भनेको मधेश नै हो भन्ने सन्देश दिन पनि अध्यक्षज्यू मधेशमा संगठन विस्तारदेखि संगठनलाई बलियो बनाउने अभियानमा लाग्नुहुन्छ ।'

यसअघि स्थानीय तहको निर्वाचनअघि पार्टीभित्र भट्टराई समूहले यादवविरुद्ध सांसददेखि केन्द्रीय सदस्यको हस्ताक्षर अभियान जुटाउन केन्द्रित हुँदा यादव भने पार्टी प्रवेश कार्यक्रमका लागि २ साता जति मधेशमा नै खटिएका थिए ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् ।  म...

असोज १६, २०८०

मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...

असोज १६, २०८०

नेकपा (एमाले)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले देश अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनाश्यक रुपमा चीनका विभिन्न ठाउँमा भ्रमण गरेको भन्दै कटाक्ष गरेका छन् । चीनकै ...

असोज १६, २०८०

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...

असोज १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए ।  नेपाली कांग्रेस षडानन्द नगरप...

असोज १६, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान मार्न खोज्ने ‘अपराधी’लाई सरकारले जोखाउन खोजेको आरोप लगाएका छन् । आफूमाथि आक्रमण गर्न खोज्ने सत्ता साझ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x