×

NMB BANK
NIC ASIA

खोतलिँदै पुराना केस : ३ महिनामा बलात्कारका ५८७ उजुरी, सबैभन्दा बढी १६ वर्षमुनिका !

जेठ ३१, २०७९

NTC
Premier Steels

सुन्दरी प्रतियोगिताको आडमा युवती बलात्कार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गर्‍यो । 

Muktinath Bank

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताको सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि घटनाबारे छानबिन गर्न दबाब बढेको थियो । 


Advertisment
Nabil box
Kumari

यस विषयमा बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयअगाडि अधिकारकर्मीहरूले आन्दोलन गरेका थिए । संसद्मा समेत बलात्कारको विषयमा आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा तत्काल छानबिन गर्न सरकारलाई रुलिङ गरेका थिए । 

Vianet communication

त्यसपछि सरकारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरसहित ५ जनाको समिति बनाएको थियो । त्यो समितिले पाण्डेलाई पक्राउ गरेको थियो ।

प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा जाहेरी दिन लगाएर बयान प्रमाणित गरिएको थियो । आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै १६ वर्षभन्दा कम उमेरकी एक किशोरीले पनि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

पीडित युवतीले सहयोग माग्दा अस्वीकार गरेको भनेर नाम लिएकी पूर्व मिस नेपाल मल्भिका सुब्बासँग पनि प्रहरीले बयान लिएको थियो ।

बयानमा माल्भिकाले पीडित युवतीले फोन गरेको स्वीकारेकी थिइन् । उनले त्यो समयमा आफू पनि समस्यामा भएका कारण ध्यान पुग्न नसकेको बताइन् ।

यसले प्रहरीलाई परिस्थितिजन्य प्रमाण जुटाउन सहयोग पुगेको छ ।  

बलात्कार अभियोगमा हद म्यादका कारणले उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको छ ।

सरकारले बलात्कार मुद्दामा १ वर्षको हद म्यादलाई पुनर्विचार गर्न विभिन्न संसदीय समिति र कानून विज्ञहरूसँग परामर्श गरिरहेको छ । यौन अपराध र बलात्कारको केसमा हद म्याद हटाउनुपर्ने भन्दै विभिन्न समूहले सडकबाट दबाब दिइरहेका छन् । यो केस बाहिर आएपछि काठमाडौं उपत्यकालगायत देशभरमा बलात्कारका घटनाहरू बाहिर आउन थालेका छन् । 

इटहरिको ब्लुमिङ लोटस इंग्लिस स्कूलमा कक्षा ९ मा अध्ययनरत छात्रालाई विद्यालयका प्रिन्सिपलले २ वर्षसम्म लगातार बलात्कार गरेको खुलासा भयो ।

विद्यालयबाट रेस्टिकेट गरिदिने धम्की दिँदै बलात्कार गरेको पीडितले आरोप लगाएकी थिइन् ।

पीडितले उपचार गरिदिने बहानामा आफूलाई निरन्तर बलात्कार गरेको भन्दै आरोपितको नाम र फोटो राखेर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । 

२०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका– १० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल राजकुमार खड्काले बलात्कार गरेको आरोप छ । 

आमाबुवाको अगाडि हेरचाह गरेको जस्तो गर्ने र होस्टेलमा बारम्बार बलात्कार गर्ने गरेको आरोप उनले लगाएकी छिन् । यो घटना बाहिरिएलगत्तै आरोपित खड्का फरार भएका थिए ।

सामाजिक सञ्जालमा घटना बाहिरिएलगत्तै दबाबमा परेको प्रहरी हेडक्वार्टरको निर्देशनमा उनको खोजी शुरू भएको थियो । काठमाडौंमा लुकेर बसेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १२ गते पक्राउ गरेको थियो । पक्राउ परेका प्रिन्सिपल खड्कालाई थप अनुसन्धानका लागि सुनसरी पठाइएको थियो । प्रहरीले हिरासतमा लिएर उनको अनुसन्धान गरिरहेको छ ।

यौन दुर्व्यवहारका घटना बाहिरिने होडमै जेठ १० गते चाबहिलको सेन्ट लरेन्स कलेजका संयोजक जनार्दन अधिकारीले विद्यार्थीलाई कलेजबाट निस्कासन गर्ने धम्की दिँदै यौन दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । 

कलेजको ११ कक्षामा पढ्ने विद्यार्थीलाई २ महिनादेखि आफ्नो ‘बेड पार्टनर बन’ भन्दै म्यासेज गर्ने र प्रत्यक्षरूपमा पनि भन्ने गरेको खुलासा भएपछि विद्यार्थीले आन्दोलन गरे ।

अधिकारीले ती विद्यार्थीलाई आफूले भनेको कुरा बाहिर कसैलाई भनेमा परीक्षा दिन नमिल्ने बनाइदिने र कलेजबाट निष्कासन गरिदिनेसम्मको धम्की दिएको आरोप छ ।

अभिभावकले आरोपितविरुद्ध गौशाला वृत्तमा किटानी जाहेरी दिएका छन् । त्यसपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

पछिल्लो समयमा पुराना बलात्कारका केसहरू बाहिर आइरहेका छन् । नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ महिनामा ५८७ वटा बलात्कारका केस बाहिर आएका छन् । 

२०७८ फागुन महिनामा १८१, चैत महिनामा २०५ र २०८९ को वैशाख महिनामा २०१ गरी ५७८ वटा घटना बाहिर आएको प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता एसएपी विष्णुकुमार केसीले जनाकारी दिए ।

उनका अनुसार ११ देखि १६ वर्षका बालिकाहरू बढी बलात्कारको शिकार भएका छन् । 

फागुन महिनामा ७६, चैत महिनामा ९० र वैशाख महिनामा ८८ गरी कुल २५४ जना बालिका बलात्कारको शिकार भएका हुन् ।

त्यसपछि १६ देखि १८ वर्ष उमेरका युवतीहरू बलात्कारको शिकार भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ । 

जसअनुसार फागुन महिनामा २७, चैत महिनामा २७ र वैशाखमा २२ गरी ७७ जना युवतीहरू बलात्कारको शिकार भएको देखिन्छ । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकलाई केलाउने हो भने पनि १८ वर्षभन्दा मुनिका बालिका/युवतीहरू बलात्कारको शिकार भएको देखाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x