×

NIC ASIA

मंसिर पहिलो हप्तासम्म प्रदेश र संघीय निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

जेठ ३१, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

निर्वाचन आयोग नेपालले आगामी मंसिर महिनाको पहिलो हपतासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ ।

मंगलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो हप्तासम्म गर्ने गरेर आयोगले आन्तरिक तयारी थालेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो हप्तासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए । प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकाले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।


Advertisment
Rupse Holidays
Nabil box

उनले भने, ‘आयोगको आन्तरिक र अनौपचारिक छलफलमा अहिले पनि आयोग एकै चरणमा निर्वाचन हुनुपर्छ भन्नेमा नै छ । एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो हप्तासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानूनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।’

Vianet communication

उनले निर्वाचन आयोग नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरू गर्ने बताए । प्रवक्ता पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने स्म्भावनालाई मध्यनजर गरेर असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्यक्रम शुरू गर्न लागेको बताए ।

उनले हाल अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सक्नेछन् । कुनै मतदाताले झूटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनि नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकार) ले छानबिन गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्न सक्ने व्यवस्था गरेको पनि बताए ।

प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने,  निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउन सक्ने, कुनै मतदाताले आफ्नो नाम रहेको मतदाता स्थलबाट पायक पर्ने सोही वडाको मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गर्न सक्ने, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्समार्फत  निर्वाचन कार्यालयमा निवेदन दिए त्यस्तो निवेदन प्रमाण कागजात हेरी प्रमाण पुगेको आधारमा सम्बन्धित नाम दर्ता अधिकारी निर्वाचन अधिकारीले नामावली अद्यावधिक गर्ने निर्णय पनि गरेको छ । 

आयोगले मिति २०७३ माघ २० गतेभन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली रहेको व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निजको मतदाता नामावलीको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको नाम सो जिल्लाको मतदाता नामावलीबाट निजको नागरिकतामा उल्लेखित ठेगाना भएको स्थानीय तहको वडामा सार्ने व्यवस्था मिलाउने, कुनै मतदाताको मृत्यु भएको वा नागकिरता त्याग गरेको वा विवाह वा बसाईसराई गएको कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम दर्ता अधिकारीले प्रचलित कानून बमोजिम प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा ७ दिनको समय दिई सूचना पास गर्ने व्यवस्था मिलाउने, यस्तो सूचनाको विवरणउपर निर्वाचन कार्यालयमा कुनै उजुरी परेमा सोको छानबिन गरी पेश भएको प्रमाण बमोजिम र उजुरी नपरेमा सोही बमोजिम निर्वाचन कार्यालयमा नामावली अद्यावधिक गर्ने पनि निर्णय गरेको छ ।

प्रवक्ता पौडेलले दोहोरो दर्ता नहुनेतर्फ सचेत हुँदै नाम दर्ता हुने व्यवस्था मिलाउने र कुनै मतदातले दोहोरो नाम परेको भनि हटाउन निवेदन दिएमा जिल्ला भित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रुजू गरी अघिल्लो दर्तालाई हटाई पछिल्लोपटक दर्ता भएको सन्दर्भमा मतदाता नामावलीमा कायम गरिदिने, तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाउने निर्णय भएको पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x