×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनका लागि नेपाली सेनाले गर्‍यो ‘अभ्यास हातेमालो’

जेठ ३१, २०७९

NTC
Premier Steels

विपद् व्यवस्थापन कार्यलाई व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई नेपाली सेनाले सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ मंगलवार जंगी अड्डास्थित सभामण्डप हलमा प्रधानसेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

Muktinath Bank

समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानसेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्यांकन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यास/गतिविधि सञ्चालनको मुख्य उद्देश्यसहित सञ्चालन भएको अभ्यास उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विभिन्न समयमा आइपर्ने विभिन्न प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय चुनौतीका साथै सुरक्षा चुनौती समेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने भएकाले एकआपसको समन्वय तथा सहकार्यमा एकीकृत ढंगले अगाडि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताए ।


Advertisment
Nabil box
Kumari

प्रधानसेनापति शर्माले अभ्यासमा सहभागी मन्त्रालय, सरकारी तथा गैरसरकारी निकाय, सहजकर्ता तथा सहभागी सम्पूर्णप्रति आभार प्रकट गरेका थिए ।

Vianet communication


 
सोमवार रथी सरोजप्रताप राणाले शुभारम्भ गरेको २ दिवसीय अभ्यासको दौरान विपद् व्यवस्थापन सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण सहितको छलफल तथा अन्तर्क्रिया र टेबलटप अभ्यास सञ्चालन गरिनुका साथै जंगीअड्डा परिसरमा फायर फाइटिङको डेमोन्स्ट्रेसन एवं विभिन्न विपद्को दौरान प्रयोग हुने विपद् व्यवस्थापन सामग्रीको प्रदर्शनी समेत गरिएको थियो । 

अभ्यासमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृत, विभिन्न मन्त्रालय, प्राधिकरण, विभाग र कार्यालयका सहसचिव, प्रदेशस्थित विभिन्न निकायका प्रमुख एवं प्रतिनिधि, गैरसरकारी संघ/संस्थाका प्रमुख एवं प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो । 

विपद् व्यवस्थापन कार्यमा प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न सरकारी एवं गैरसरकारी निकायलाई सहभागी गराई सञ्चालन हुने संयुक्त अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुने सम्पूर्ण निकायको क्षमता अभिवृद्धि भई विपद् व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x