
बागमती प्रदेशले सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय)मा अध्ययन गर्ने सबै छात्राहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने गरेर प्रदेशभित्रका सबै सामुदायिक क्याम्पसमा सबै ‘छोरीबुहारी’हरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
‘बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय) मा अध्ययन गर्ने सबै छोरीबुहारीहरूलाई आव २०७९।८० देखि निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘क्याम्पसहरूलाई विद्यार्थीहरू सहभागी भएको अन्तिम परीक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।’
बागमती प्रदेशभित्रको सबै सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह (अप्राविधिक विषय) मा अध्ययन गर्ने सबै छोरी बुहारीहरुलाई आव २०७९।८० देखी निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । क्याम्पसहरुलाई विद्यार्थीहरु सहभागि भएको अन्तिम परिक्षाको आधारमा शैक्षिक शुल्क उपलब्ध गराइनेछ ।
— Chief Minister, Rajendra Prasad Pande (@CM_RPPande) June 19, 2022