×

NMB BANK
NIC ASIA

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा होमियो अखिल

असार ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठनले आन्दोलन शुरू गरेको छ । 

Muktinath Bank

आइतवार मध्यरातमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेसँगै विद्यार्थी संगठनहरूले आन्दोलन शुरू गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलमा अनेरास्ववियुले सोमवार बिहानै प्रदर्शन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बुटवल क्याम्पस अगाडि विद्यार्थीहरूले मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । 

बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरि रहेका छन् ।

यता अनेरास्ववियु केन्द्रीय कमिटीले पनि देशभर  मूल्यवृद्धिको विरुद्धमा आन्दोलन शुरू गर्ने तयारी गरेको छ ।

'अबको केही घन्टामै हामीलाई सडकमा देख्नुहुन्छ,' अनेरास्ववियुका  वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले लोकान्तरसँग भने,'मूल्यवृद्धि र सरकारको एकसाथ विरोध गर्छौं ।'

उनले सरकार जनताको पक्षमा नरहेको थप पुष्टि भएको समेत बताए । 

उनले भने,'हामीले देशभर मूल्यवृद्धि र सरकारको विरुद्धमा तथा जनताको पक्षमा आन्दोलन गर्ने तयारी गरेका छौं ।'

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । 

डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।  

तस्वीर : प्रकाश आचार्य, बुटवल

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x