×

NMB BANK
NIC ASIA

साइबर अपराध

नेपालमा बसेर अमेरिकीको बैंक खाता ह्याक, गिरोहलाई अपार्टमेन्टमै फाइभ स्टारको सुविधा

असार ६, २०७९

NTC
Premier Steels

नेपालमा बसेर अमेरिकाका नागरिकको पैसा ह्याक गर्ने १३ जनाको टोलीलाई हिजो (आइतवार) प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले पक्राउ गर्‍यो ।

Muktinath Bank

उनीहरूले सरकारी सेवाबाट अवकाश पाएका अमेरिकी नागरिकको कम्प्युटर र तथा ल्यापटपमा अवैध पहुँच पुर्‍याएर पैसा निकाल्ने गरेको तथ्य बाहिर आएको हो  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीमा रहेको अर्बिट नेक्सस प्रा.लि.का सञ्चालक विजय श्रेष्ठ र दुई भारतीय नागरिकले अवैध रूपमा कल सेन्टर स्थापना गरेर अमेरिकामा साइबर ठगी (स्क्यामिङ) गरेको खुलासा साइबर ब्यूरो गरेको छ । 


Advertisment
Nabil box
Kumari

सूचना प्रविधिको विकाससँगै विश्वमा अहिले विभिन्न देशका सरकारी निकायहरूमा साइबर हमला, बैंकमा अनाधिकृत रूपमा पहुँच पुर्‍याएर पैसा चोरीका घटना भइरहेका छन् ।

Vianet communication

केही समयअगाडि अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले १ करोड ४० लाख अमेरिकी डलर भारतीय कल सेन्टरले चोरी गरेको खुलासा भएको समाचार प्रकाशन गरेको थियो ।

सन् २०२० को अन्तिम महिनामा कल बाइपास गरेर ४ हजार ५ सय अमेरिकी नागरिकको पैसा चोरी भएको भन्दै दिल्ली पुलिसले ५० जनालाई सार्वजनिक गरेको थियो ।

तिनै सूचनालाई आधार मानेर नेपालबाट पनि त्यस्ता घटना हुन सक्छन् भन्ने विश्लेषणका आधारमा अनुसन्धान गरी ती व्यक्तिहरूलाई पक्राउ गरेको साइबर ब्यूरोका कामु प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।

‘हामीले छिमेकी देशलगायत क्रस बोर्डरमा भएका घटनालाई नजिकबाट हेरिरहेका थियौं । त्यसलाई विश्लेषण गरी सूचना संकलन गर्ने क्रममा नेपालबाट पनि हुने गरेको थाहा पाएपछि अपरेसन सञ्चालन गरेका हौं,’ एसएसपी अर्यालले भने, ‘त्यसैले हामीलाई सफलता मिल्यो ।’

प्रहरीले नेपालका मुख्यनाइके विजय श्रेष्ठसहित भारत महाराष्ट्र नाला सोपारा थाने ताकिरोडका ३२ वर्षीय निसान गैरे र उत्तर प्रदेश अञ्जारौली फैजावाद ग्रामका २४ वर्षीय मनिष तिवारीलाई पनि काठमाडौंबाट पक्राउ गरेको छ । 

कल बाइपास गराएर काठमाडौं हुँदै अमेरिकामा ठगी गर्ने उनीहरूलाई मुख्य नाइके श्रेष्ठले काठमाडौंमा अपार्टमेन्ट लिई त्यहाँ पाँचतारे होटलसरहको सुविधा दिएर राख्ने गरेको साइबर ब्यूरोले जनाएको छ ।  

उनीहरूले अमेरिकाबाट सर्भिस सेन्टरमा आउने कललाई नेपालमा बाइपास गराउने र त्यहाँ रहेका कर्मचारीलाई परिचालन गरी बैंकको व्यक्तिगत तथ्याङ्क चोरी गर्न भूमिका खेल्दै आएका थिए ।

ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार २ महिना अगाडि अर्बिट नेक्सस नामको कम्पनी खोलेर उनीहरूले काम गर्दै आएको खुलेको छ । 

अमेरिकी नागरिकको कति पैसा ठगियो भन्ने खुलेको छैन । तर उनीहरूले सम्बन्धित व्यक्तिले समेत थाहा नपाउने गरी ५/१० डलरका दरले चोरी गर्ने गरेको खुलेको छ ।

उनीहरूले अमेरिकामा दिउँसो र नेपालमा रातिको समयमा काम गर्दै आएका थिए । 

प्रहरीले कल सेन्टरमा काम गर्ने लमजुङ नाल्मा गाउँपालिका– ५ का २२ वर्षीय करण गुरुङ, काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ३ का ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी नगरपालिका– १ की २० वर्षीया आरुषी राई, नुवाकोट किस्पाङ गाउँपालिका– २ की २१ वर्षीया युविना तामाङ, काठमाडौं महानरपालिका– २९ की २३ वर्षीय आसर तुलाधर, दोलखा भीमेश्वर नगरपालिका– ५ की २६ वर्षीय समपना मग्राती, झापा भद्रपुर नगरपालिका– ४ का १९ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । उनीहरूलाई आफूहरूले अवैध काम गरेको भन्ने जानकारी रहेको समेत प्रहरीले दाबी गरेको छ ।

‘बेरोजगारीको यो अवस्थामा बेलुका काम गरेर केही पैसा आउने भएपछि यस्तो काम गर्दैछु भन्ने जानकारी उनीहरूलाई भएको पाइएको छ,’ ब्यूरोका एसएसपी अर्यालले भने ।

कसरी हुन्थ्यो नेपालबाट अमेरिकामा बैंक खातामा एक्सेस ?

भारतमा रहेका कल सेन्टरमा साइबर हमला गर्ने ग्रुपले अमेरिकामा रहेका व्यक्तिको कम्प्युटर ह्याक गरी माइक्रोसफ्टको सूचना जस्तै बनाएर ‘तपाईंको कम्प्युटरमा समस्या आयो’ अथवा ‘तपाईंको कम्प्युटरमा प्रोनोग्राफीले एक्सेस लिएको छ’, समाधान गर्न परे १८८८२००५५३२ नम्बरमा सम्पर्क गर्नुहोस् भन्ने म्यासेज देखाइदिन्थे ।

त्यो समस्या समाधान गर्नका लागि फोन गर्दा त्यो फोन भारत हुँदै नेपालमा ट्रान्सफर हुन्थ्यो । त्यसपछि विभिन्न चरण पार गर्दै जानुपर्छ भन्दै उनीहरूको व्यक्तिगत विवरणमा पहुँच पुर्‍याउँथे । उनीहरूको कम्प्युटर टीम भ्युअरको माध्यमबाट आफ्नो नियन्त्रणमा लिन्थे । 

‘उनीहरूले ती व्यक्तिहरूको बैंक खाता नम्बर, ठेगानालगायतका सबैको तथ्याङ्क राख्ने गरेको खुलेको छ,’ एसएसपी अर्यालले भने, ‘यतिसम्म कि उनीहरूको बैंकको पर्सनल कोड नम्बरसम्म आफ्नो एक्सेसमा ल्याएको देखिन्छ ।’ 

ती सबै आइसकेपछि उनीहरूले पैसा चोरी गर्ने गरेको खुलेको छ । 

प्रहरीले उनीहरूले कति पैसा बैकिङ ट्रान्सफर गरे ? त्यो पैसा कहाँ–कहाँ ट्रान्सफर भयो ? भन्ने विषयमा अनुसन्धान गरिरहेको ब्यूरोले बताएको छ ।

कानूनी कारवाहीको पाटो जटिल

पक्राउ परेका व्यक्तिहरूलाई कानूनी कारवाही गर्ने पाटो भने जटिल देखिएको छ । 

घटना भएको स्थल नेपाल भएतापनि पीडितहरू नेपालमा नभएको र उजुरी नदिएको अवस्थामा कानूनी कारवाहीको पाटो जटिल बनेको हो ।

विद्युतीय माध्यमबाट कम्प्युटरमा अनाधिकृत पहुँच पुर्‍याएको भन्दै प्रहरीले विद्युतीय कारोवार ऐन– २०६३ अन्तर्गत कारवाहीका लागि अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

‘प्रहरी प्रतिवेदनका आधारबाट पनि मुद्दा चल्ने भएकाले त्यही आधारमा अनुसन्धान गरेका हौं,’ एसएसपी नविन्द अर्यालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

x