×

NMB BANK
NIC ASIA

एमसीसीले ढोका खोलेपछि एसपीपी आयो : कृष्णबहादुर महरा

असार ६, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताएका छन् ।

Muktinath Bank

महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार संवाद डबलीमा ४५औं जुगेडी किसान संघर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले एसपीपी अहिले स्थगित भए पनि विरोध सेलाएपछि सम्झौता भित्रभित्रै गर्ने हुन् कि भन्ने शंका कायमै रहेको बताए ।


Advertisment
Nabil box
Kumari

महराले भने, ‘एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दैनौ भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरूले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ तर मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?’

Vianet communication

महराले देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने धारणा राखेका छन् ।

विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति सम्भव नभएको बताउँदै महराले भने, ‘राष्ट्रिय स्वाधिनताको आन्दोलनपछि मात्र किसान मुक्ति सम्भव छ, त्यसैले सम्पूर्ण किसानहरू मुक्ति आन्दोलनमा प्रतिवद्ध हुनुपर्छ ।’

अवस्था गम्भीर भए पनि निराश हुनेभन्दा साम्राज्यवादी हस्तक्षेप र सामन्तवादी उत्पीडनविरुद्ध किसान एकजुट हुुनुपर्ने बताए । किसानको समर्थन र सहभागिताकै कारण जनयुद्धबाट अहिलेको परिवर्तन प्राप्त भएको बताए ।

सरकारले ल्याएको बजेट सैद्धान्तिक रूपमा राम्रो भएको बताउँदै किसानलाई आत्मनिर्भर बनाउन सरकारले उत्पादनमा जोड दिनुपर्नेमा महराले जोड दिए । बजेट कार्यान्वयनमा बजारीकरणभन्दा उत्पादनमा जोड दिनुपर्ने बताए । पहिला उत्पादन त्यसपछि मात्रै बजारीकरण हुने उनले बताए ।

एक अर्को प्रसंगमा महराले आफू सभामुख भएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मोहियानी हक र मल कारखाना खोल्न सुझाव दिएको बताए । ओलीले केही गर्न खोजेजस्तो देखिए पनि त्यो नभएको बताए ।

कार्यक्रममा किसान नेता हिरालाल महर्जन, माओवादी केन्द्रका केन्द्रीय सदस्य रणेन्द्र बराली, माओवादी केन्द्रीय सदस्य सुनिल मानन्धरले पनि राष्ट्रिय स्वाधिनतापछि मात्रै किसानले हकअधिकार प्राप्त गर्ने धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता किसान नेता चित्रबहादुर केसीले गरेको थिए भने सञ्चालन नहेन्द्र खड्काले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x