भदौ ३, २०७९
जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले जीत निकालेको छ । हरारेमा बिहीवार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । यस जीतसँगै पाहुना टोलील...
नेपाल खेलकुद महासंघ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेकोसका अध्यक्ष विप्लव घोसले आइतवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।
‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन । त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ । त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।
वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेटसँगै, महिला क्रिकेट प्रतियोगितासहित अन्य ६ कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए ।
उनका अनुसार नेकोसले यस आर्थिक वर्षमा रातोबल र सेतो जर्सीसहितको नेकोस रेडबल क्रिकेट फेस्टिभल, दुई दिवसीय क्रिकेट प्रतियोगिता, अम्पायर तथा प्रशिक्षक सेमिनार, प्रदेश तहका खेलाडी सम्मिलित बन्द प्रशिक्षण, नेकोस महिला कप तथा खेलाडीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्दै यी कार्यक्रमहरु सञ्चालन गर्ने नेकोसका अध्यक्ष घोसले बताए । नेकोसले आयोजना गर्ने रेडबल प्रतियोगितामा १९ वर्ष उमेर समूहका खेलाडीलाई सम्मिलित गराउने योजना रहेको उनले जानकारी दिए ।
महिला कपमा भने विभागीय टिमलाई सामेल नगराउने उनले बताए ।
जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले जीत निकालेको छ । हरारेमा बिहीवार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । यस जीतसँगै पाहुना टोलील...
नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित ग¥यो । आर्मीका आयु...
भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङल...
दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको ...
घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ । बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेल...
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...