×

NMB BANK
NIC ASIA

ओलीको बोली

एसपीपीको पत्राचारमा छली काम भएको छ, अमेरिकी दूतावासले सत्य बोलोस्- केपी ओली

असार १४, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा गरिएको पत्राचारमा छली काम भएको दाबी गरेका छन् । 

Muktinath Bank

नेपाली सेनाले अमेरिकी दूतावासलाई पठाएको पत्रको मिति र चलानी नम्बर मात्र आफू प्रधानमन्त्री बनेको समयमा राखिएको उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपी सन् २०१९ सालमा स्थगित गरिए पनि सत्ता गठबन्धनले अर्को घातक ड्राफ्ट ल्याएको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari

‘एसपीपीलाई पठाइएको पत्रमा मिति २७ हातले लेखिएको छ, त्यसमा केरमेट गर्नुभयो । किनभने ओलीलाई मुछ्नको लागि लेखिएको हो । चलानी नम्बर फेरिएको छ । छली काम भएको छ,’ ओलीले भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै दूतावासमा पठाइएको हो, अमेरिकी दूतावासले सत्य बोलोस् भन्ने म चाहन्छु ।’ 

Vianet communication

ओलीले मितिको २७ अंक किन हातले लेखियो भनेर प्रश्न गरे । ‘अहिले आएर जालसाजी गरिएको छ । म प्रधानमन्त्री रहेको समयमा सन् २०१९ मा स्टप भइसकेको कुरा हो, अहिले अर्को डाफ्ट ल्याएर भित्रभित्रै नेपालको असंलग्नता तटस्थतालाई लत्याएर एउटा गलत चिज अगाडि सार्न खोजियो,’ ओलीले भने, ‘गलत चिज अगाडि सार्न खोजेर देशको परराष्ट्र नीतिलाई गम्भीर घाटा पार्ने काम रद्द गरेका छौं ।’ 

ओलीले एमसीसी पास गर्ने गठबन्धनले कुनै पनि बेला एसपीपी ब्यूँताउन सक्ने आशंका व्यक्त गरे । ‘खतरा छँदैछ यो गठबन्धनका मान्छेहरू एमसीसीमा हात उठाएर पास गरेका हुन्,’ उनले भने, ‘पानीको भेल शान्त हुनेबित्तिकै जसरी माझीले जाल लिएर माछा मार्न जान्छ, भेल शान्त हुनेबित्तिकै अर्को जाल लिएर उनीहरू एसपीपीमा सामेल हुनेछन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x