×

NMB BANK
NIC ASIA

सन्दर्भ : धान दिवस

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार तथा पार्टी कृषि उपजको उत्पादनलाई बेवास्ता गर्दै बर्सेनि मल नल्याएर किसानलाई रुवाउँछन् ।

Sagarmatha Cement
Muktinath Bank

संसारमा बढी भात खाने देशमध्ये चीन पनि पर्छ तर चिनियाँहरू पातला छन्, फूर्तिला देखिन्छन्, हुन त उनीहरूमा पनि मोटोपना छ केही मात्रामा तर हामी कहाँ किन भात धेरै नखानू मोटाइन्छ वा भात कम गर्नुस् भुँडी बढ्यो भनिन्छ ? भात र भुँडीको सम्बन्ध के छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा ‘धेरै खाए मल, थोरै खाए बल’ भनेको सुनेको थिएँ । यता शहरमा पनि भातप्रति नकारात्मक सुने । किन हामी सबै कुरा चिज र वस्तुप्रति नकारात्मक छौं ? प्रश्न आफैं गर्छु । हुन त ‘सुनदेखि नुनसम्म’ आयात गर्ने हामीलाई विदेशी कुरा प्रिय लाग्ने र आफ्ना कुरा बेकामी लाग्नु नियति नै हो ।


Advertisment
SBL

केही दिनअघिदेखि केही दैनिक पत्रिकामा धानबारे पढिरहँदा मलाई पनि केही लेख्न मन लाग्यो । २०५९ सालतिर कृषिबारे गहन अनुसन्धान गरिरहनुभएका आफन्तले धानबाट बनेका परिकारबारे धेरै सुन्ने मौका पाए, जसमा चामलबाट धेरै परिकारहरू सेल, रोटी, झिलिङेदेखि अर्सा, अनरसा, चाम्रे, लट्टे, चिउरा, खट्टे, सिरौला, पुवा, रोटी, सेलरोटी आदि सयौं परिकारहरू बनाउन सकिन्छ । जसमा खानाका परिकार तथा संस्कृति, परम्परा एवं रमाइलो मिल्छ, जसबाट मानिसमा मनोरञ्जन तथा आनन्द मिल्छ । धानको चामलबाट बन्ने परिकार स्वास्थ्य समस्याका उपचारका लागि पनि लाभदायी छन् । 

Vianet communication
Laxmi Bank

केही वर्ष पहिले विश्व खाद्य कार्यक्रमले नेपालका कर्णाली क्षेत्र लगायत अन्य स्थानमा भइरहेको खाद्यान्न अभावको समाधान जनचेतनाबाट गर्नुपर्ने, जसमा भातबाहेक अन्य अनाज (जुन कर्णाली तथा अन्य विकट पहाडी तथा हिमाली क्षेत्रमा उत्पादन हुने) जौ, फापर, उवा, मकै, गहुँ, कोदो आदिबाट पनि समाधान गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेको थियो ।

अल्ट्रा प्रोसेस फूड पिज्जा, बर्गर, चिप्स, फ्राइड चिकेन स्यान्डविच खान हुने तर भात खाए मोटाइने भ्रम छर्ने बहुराष्ट्रिय कम्पनीलाई देशभित्र भित्र्याउँदै गर्दा धानप्रति गलत सन्देश फैलाइँदैछ । यस्ता अल्ट्रना प्रोसेस फूडबाट नसर्ने रोगको जोखिम बढी हुन्छ भनिन्छ । नागरिक सचेत हुन जरुरी छ । संसारमा आधा जनसंख्याले भात नै खान्छन् । साथै धेरै मानिसहरू भोकमरीमा छन् ।

हामी गाउँतिर ‘हली भाग खाने’ भनेर भन्छौं, हलीको कडा परिश्रम छ तसर्थ धेरै खानुपर्छ तर अफिसमा काम गर्नेले कम खाँदा हुन्छ ।

भात धेरै खाए मोटाइन्छ भन्नेहरूले इन्डोनेसियालाई हेर्न जरुरी छ । किनकि वार्षिक १४० किलो चामल खपत गर्छन्, जहाँ कि नेपालीले १३७ किलो चामल उपभोग गर्दछन् ।

हामी गाउँतिर ‘हली भाग खाने’ भनेर भन्छौं, हलीको कडा परिश्रम छ तसर्थ धेरै खानुपर्छ तर अफिसमा काम गर्नेले कम खाँदा हुन्छ । भात धेरै खाए मोटाइन्छ भन्नेहरूले इन्डोनेसियालाई हेर्न जरुरी छ । किनकि वार्षिक १४० किलो चामल खपत गर्छन्, जहाँ कि नेपालीले १३७ किलो चामल उपभोग गर्दछन् ।

नेपालीको शरीरलाई चाहिने पोषणको ४० प्रतिशत चामलबाटै हामी लिन्छौं । धानको योगदान कूल गार्हस्थ उत्पादनमा ७ प्रतिशत र कृषिको योगदान २० प्रतिशत छ । जहाँ कि बैंकहरूलाई राष्ट्र बैंकले कृषि कर्जा बढाउन दबाब दिइरहेको छ । बैंकहरूले साँच्चै कृषि हो वा होइन भन्दा पनि गर्नुपर्ने भएर गरिरहेका छन्, जसबाट परिणाम आउँदैन ।

चामलको उत्पादनमा राइस मिलको प्रशोधन गर्ने समस्या पनि हो । परम्परागत ढिकीलाई विस्थापित गरी मिलमा जाँदा समस्या हो, जुन प्रशोधनको कारण हो । हामीले खानुपर्ने चामल बाहिरको पोषक तत्व ढुटो भन्दै जनावरलाई खुवाउँछौं, हामी सेतो गुदी खान्छौं, जसमा क्यालोरी बढी र पौष्टिक तत्व कम हुन्छ ।

चामललाई मुख्य खाना मानिएकोमा घर बाहिर खाने संस्कृतिको विकाससँगै विदेशी खानामा लगाव बढेको छ । ‘फास्ट फूड फास्ट डेथ’ भन्ने कुरा हेक्का राख्न जरुरी छ । हुन त चाउचाउ, बिस्कुट, ब्रेड, स्यान्डविच, बर्गर जस्तो भातलाई बोकेर खाँदै हिँड्न मिल्दैन सायद ।

पुरानो जिल्ला कृषि विकास कार्यालयलाई नयाँ नामकरण गरेर कृषि ज्ञान केन्द्र बनाइएको छ । तथापि त्यो ज्ञान केन्द्र नभई छलछाम केन्द्र बनेको छ । बरु यसको नाम स्थानीय रैथाने ज्ञानलाई जगेर्ना गर्न रूपान्तरण केन्द्र राख्दा हुनसक्छ । मलका लागि खडा गरिएको निकाय कृषि सामग्री कम्पनी लिमिटेड गैरजिम्मेवार छ र मन्त्रालय निर्लज्ज ! जहाँ किसान मल नपाएर रोइरहेका छन्, सरकारमा गरीब, किसान र मजदुरको हकहितको हवाला दिनेहरू थिए, छन्, रहनेछन् तर मल नेपालको लागि अभिशाप नै भयो ।

केही समयअघि एक पत्रिकामा लेखिएको समाचारलाई आधार मान्ने हो भने भन्सार र केन्द्रीय तथ्यांक विभागका अनुसार चामलको खपत वार्षिक ३४ लाख ३८ हजार ८७४ मेट्रिक टन छ तर हाम्रो स्वदेशी उत्पादन भने ३७ लाख ७४ हजार ५९७ मेट्रिक टन रहेकोमा वार्षिक ११ लाख ८ हजार ११२ मेट्रिक टन बराबरको चामल आयात हुने गरेको छ । यसमा भाउ पर्ने महंगोमा बेच्ने अनि सस्तो किनेर खाने अर्थमा हेर्न सकिन्छ । यो अन्य देशमा पनि प्रचलनमा छ । हुन त हामी दूध बेचेर कोक किनेर जुस भन्दै खाने वर्ग पर्‍यौं ।

कृषि प्रधान देशमा चामल आयात गर्नुपर्ने दुःखद स्थितिलाई चिर्न सरकार, विज्ञ तथा दलहरू सचेत, चनाखो र जिम्मेवार हुन जरुरी छ । दोषारोपण समाधान हैन । सरकारले नेपालमा हुने चामल आयातमा केबल खानाको रूपमा भात नभई चामलबाट बन्ने अन्य पेय पदार्थ र परिकारलाई समेत बुझ्न जरुरी छ, नेपाल बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक परम्परा भएको देश हो ।

हामी नेपाली आफैंले आफैंलाई ‘भाते’ भन्छौं, हाम्रो भाते संस्कृतिमा जे खाए नि नअघाउने, भातै खानुपर्ने हाम्रो बानी छ । यसलाई नकारात्मकभन्दा पनि सकारात्मकतामा जानुपर्छ ।

करीब आधा करोड जति युवा विदेशिएको हाम्रो मुलुकमा श्रमको अभावमा खेत, गह्रा, टारी, बारी बाँझै छन्, कुनै बेला रवि बाली समेत गर्ने जाँगर चलाउने नेपालीलाई अहिले एक खेती गर्न पनि हम्मेहम्मे छ । यसमा सरकार, हामी आफैं र हाम्रो नीतिको पनि दोष छ । 

म सानो छँदा गाउँमा मंसिरमा धान काटेपछि गाईवस्तु चराउनका लागि सबै खेत फाँटहरू खुला गरिन्थ्यो । त्यसलाई स्थानीय भाषामा फुकार भनिन्थ्यो तर २०४० सालताका हाम्रो फाँटमा रहेको खेतमा हामीले पहिलोपटक मंसिरमा धान थन्क्याएर सकेपछि फुकार हुन नदिई रवि बाली गहुँ लगाउने कुचेष्टा गरियो ।

सरल भाषामा रवि बाली भन्नाले एउटै खेतमा वर्षमा ३ वटा बाली लगाउनुलाई बुझिन्छ । गाउँलेले हामीलाई बालुवामा फूल पारेको भनेर उडाए तर बार लगाएर त्यो वर्ष केही गहुँ रोपियो अनि अर्को वर्षदेखि गाउँलेले पनि रवि बाली शुरू गरे । अहिले सबैतिर रवि बालीका लागि जाँगर छैन, बरु विदेशबाट बोरा र बस्दा किनेर खाने चलन छ । 

गाउँमा त्यो बेला बेसाहाको खाने भन्दा बहुत हेला हुन्थ्यो । अहिले बेसाहा खाने, बिहान उठेर कुकुर डुलाउने, गाई बेचेर हल्यान्डबाट आएको दूध खानेहरूको बाहुल्य छ । हामी तिनैलाई सलाम गर्छौं । हुन त कुकर डुलाउनेहरूको आफ्नै तर्क होला, पशु अधिकारकर्मीहरू पनि छन्, पशुको अधिकार हाम्रो दायित्व पनि हो ।

‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ भन्ने धर्मराज थापाका गीतको कुनै मर्म र अर्थ रहेन । देश सकियो, हामी सकियौं । हामी केवल दोषारोपणमा छौं । हामी सबै दोषी छौं । कोही अछुताएको छैन । आफूलाई बिर्सेर सभ्य बनिन्न ।

हामी सानो छँदा बिहान भुटेको भात, बिहानको खाना भात, दिउँसो भात खाजा र बेलुकी खाना खान्थ्यौं, यसरी नेपालीको मुख्य आहार बनेको धानलाई जोगाउन पहल गर्नुपर्छ ।

नेपालका केही जिल्लामा साँझमा भात खान हुन्न भन्ने प्रचलन अझै छ । किनकि त्यहाँ धान कम र अन्य बाली बढी उत्पादन हुन्छ ।

जहाँ भैंसी हुन्छ, त्यहाँ धान फल्छ भन्ने पनि छ । ३५०० मिटर उचाइमा रहेको मुस्ताङको घमी गाउँमा सामुदायिक अस्पताल खोलेर सेवा गरिरहेका जापानी नागरिक कोन्दोले अस्पतालसँगै प्लास्टिकको जस्ता राखेर धानखेती गरेका छन्, सामान्यतया उच्च हिमाली भूमिमा धान फल्दैन ।

अस्पतालमा चिकित्सकलाई भेट्न गयो भने शुरूमा भातमाथि नै प्रहार हुन्छ । खाली भात मात्रै खानुहुन्छ, अन्य पौष्टिक आहार छैन अनि किन रोग नलागोस् ? यसो भन्दै गर्दा भात खाने आमाबुवालाई भात त बिखै रहेछ भन्ने भान पर्छ अनि खेत बाँझो रहन्छ अनि विदेशीले कमाउँछ । व्यापार घाटा बढ्छ । सरकारले जमिन बाँझो राखे ३ लाख जरिवाना भन्छ । घरमा जन छैन, बाहिर काम गर्ने जन भेट्टिन्नन् र खेती गरे बाँदरले राख्दैन । हुन त विदेशतिर बाँझो जमिन राख्नेलाई पनि पर्यावरणीय र वातावरणीय पक्षबाट सकारात्मक मानिन्छ र पुरस्कृत पनि गरिन्छ ।

एक्लो वृहस्पति पोषणविद् रातदिन कराइरहनुहुन्छ, उहाँको कुरा कसैले सुन्दैन । पारिबाट आएका बास्मती, लङ्ग्रेन, ताइचिनलाई उत्कृष्ठ मान्दै हाम्रा रैथाने मनसरा, गुर्दी पहेले, जेठोबुढो, गौरिया, आगाँ, मन्सुलीलाई पन्छाउँदै  हामी सकिँदैछौं र रित्तिँदैछौं । उर्वरा भूमिलाई प्लटिङ गर्दा सरकार, राज्य, पार्टी र प्रशासन चुप छ ।

पोखरामा सिँचाइका लागि सेती नदीलाई नहर कुलोमार्फत कुडहर फाँटमा पुर्‍याइयो तर अहिले कुडहर फाँट शहर बन्यो तर सिँचाइका लागि ल्याइएको नहर अहिले बच्चा बगाउने खतरा बन्यो । नेपालमै प्रसिद्ध जेठोबुढो धान फल्ने खेत आज शहर बन्यो । नुवाकोटको सिखरबेसीको धान प्रसिद्ध छ तर हामी हाम्रा रैथाने धान जात जोगाउन चुक्यौं ।

कुनै बेला खेतले नपुगेर बारीमा समेत बर्खे पानी भल छोपेर समेत धान रोपिन्थ्यो तर आजकल खेत फाँट मासेर कि त टनेला बनाएर गोलभेडा खेती गरिन्छ, कि त प्लटिङ । यस्तो यथार्थलाई सरकारले कानून बनाएर नियन्त्रण नगरे धानको आयात बढ्दो हुन्छ र बजेट घाटा झनै बढ्छ ।

कुनै बेला खेतले नपुगेर बारीमा समेत बर्खे पानी भल छोपेर समेत धान रोपिन्थ्यो तर आजकल खेत फाँट मासेर कि त टनेला बनाएर गोलभेडा खेती गरिन्छ, कि त प्लटिङ । यस्तो यथार्थलाई सरकारले कानून बनाएर नियन्त्रण नगरे धानको आयात बढ्दो हुन्छ र बजेट घाटा झनै बढ्छ ।

पितृ उद्धारका लागि दिइने पिण्डदेखि चाडपर्व, मृत्यु संस्कार, पास्नी, मनोरञ्जन, अतिथि सत्कार तथा आनन्दका लागि बनाइने जाँडसम्म चामलबाटै बन्छ । 

विवाहमा दुलही भित्र्याउँदा समेत नवबधुलाई धान भर्न लगाइन्छ, यतिधेरै परम्परा, संस्कृतिसँग जोडिएको धानलाई राष्ट्रिय महत्त्वको अन्न मान्न सकिन्छ ।

हली, खेत, रोपार, खेताला, कोदालो, हल्लुडो, हलो, जुवा, गह्रा, खेत, कान्ला, आली, बिउका पुला, लेडको, फाली, काठे हलो, विकासी हलो, परेली आदि आज सबैले बिर्सिसक्यौं ।

उ बेला धान रोप्ने र धान काट्ने बिदा दिइन्थ्यो, स्कूलहरूमा शिक्षक, शिक्षिका, विद्यार्थी सबै कृषिमा जुट्ने गर्थे । सबै बिर्सिंदै, बिर्सिंदै हामी शून्यमा पुग्नेछौं, याद गर्‍यौं अनि भात मल्टीभिटामिनलाई बिर्सेर मल्टीग्रेन भन्दै ओट, सिरियल, मुस्ली, पोरजी आदिमा लाग्दैछौं ।

भात संस्कृति धान दिवसलाई शिरोधार्य गर्‍यौं । भात खाएर सुगर, मोटोपना र कुपोषण हुन्छ भन्ने भ्रममा नपरौं । सन् १९८० ताका १ जना जर्मन (जो नेपालमा विवाह गरेर बसेका छन्) ले सम्बोधन गर्ने कार्यक्रममा हिमालय होटलमा जाँदा उनको भनाइ सुन्दा आँखा रसाएर आयो । उनले भनेका थिए, ‘नेपाल मेरो ससुराली हो, जुन बेला म यो विदेशी संस्थामा काम गर्न नेपाल आए, त्यो बेला नेपालले खाद्यान्न निर्यात गथ्र्यौ, अब विदेशबाट किनेर खान्छ ।’

यो स्थिति आउनुका पछाडि मूल कारण श्रमप्रतिको सम्मानको कमी नै हो । कृषिमा अन्वेषण प्रविधि तथा नविनतम् ज्ञानको अभावमा उत्पादन घटेको छ । पढे–लेखेका मानिसले माटो छुनै हुन्न भन्ने पढाइयो, पढेपछि कृषि गर्न हुन्न । फलानोको छोरा पढेर के काम ? खेती गरेर बसेको छ भन्ने मानसिकता हामीमा छ ।

दलीय व्यवस्था भन्ने बित्तिकै सबै कुरा दलमा निर्भर गर्छ । तसर्थ यसका लागि दल, पार्टी, सरकार तयार भएर एक ठोस कार्यक्रमको घोषणा गर्नुपर्छ, जसबाट आयात घटाउने र खाद्यान्नमा आत्मनिर्भर बन्ने संकल्प गर्नुपर्छ । 

कृषि, पशुपालन, सिँचाइ, श्रम, वन, हरियाली परिपूरक हुन् । यो सबै कुरालाई एउटै बास्केटमा राखेर हेर्नुपर्छ । साथै राज्यले स्नातक गरेका युवा जो कृषिका लागि गाउँ फर्किन्छन् भने उनको योगदानलाई कदर गर्दै राहात र अनुदान सहुलियत दिनुपर्छ तर यो सशर्त हुनुपर्छ, जहाँ त्यो युवकले आफ्नो जिल्ला, गाउँ, नगरमा ५ वर्षसम्म निरन्तर बस्नुपर्छ ।

धान दिवसलाई सफल बनाउन सरकारबाट कृषि उत्पादनलाई बढाउन स्वेतपत्र जारी गरौं । कृषिलाई मर्यादित बनाउन सरकारबाट यो क्षेत्रमा लाग्ने युवालाई प्रोत्साहन गरी कृषिलाई आधुनिकीकरण गरौं । जसमा मशिन, औजार, यन्त्र, प्रविधिको प्रयोगबाट उत्पादन बढाऔं । साथै धान चामलबारे चेतना र उपयोगिताबारे विज्ञापनमार्फत सचेतना तथा जनसञ्चार गर्नुपर्छ । सरकारले कुनै निश्चित ईलाका तथा भूभागलाई पकेट कृषि क्षेत्र तोकेर कृषि उपज बढाउनुपर्छ । धानबाली उत्पादन हुने अन्न भण्डार तराईलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्छ ।

भात संस्कृतिलाई बुझौं । विदेशी अवलम्बनभन्दा वास्तविकतालाई आत्मसात गरौं, स्वाभिमानी बनौं । देश चिनौं, आफूलाई चिनौं र कृषिलाई व्यावसायिकीकरण गरौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x