×

NMB BANK
NIC ASIA

ठगीको नयाँ जुक्तिः विदेश पठाउने भन्दै कागजात मागेर बैंकबाट पैसा चोरी

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कागजात नियन्त्रणमा लिएर बैंक खातासम्म पहुँच पुर्‍याई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले व्यक्तिको बैंक खातासम्म पहुँच पुर्‍याई ठगी गरेको आरोपमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १७ स्थायी घर भएका ४१ वर्षीय  गोपी बजगाईलाई पक्राउ गरेको हो । उनलाई बिहीवार काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

प्रहरीका अनुसार बजगाईले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपमार्फत एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल लैजाने आश्वासन दिई नागरिकता, राहदानी तथा सम्पत्ति विवरण खुल्ने अन्य कागजात हात पारेका थिए । त्यसपछि उक्त कागजागत प्रयोग गरेर उनले ती व्यक्तिको नाममा रहेको मोबाइलको सिमकार्ड पुनः निकालेर बैंक खातासम्म पहुँच पुर्‍याई रकम निकालेका थिए । उनले मोबाइल बैंकिङमार्फत् ती व्यक्तिको एनआईसी बैंकको खातामा रहेको ३ लाख ८६ रुपैयाँ आफ्नो खातामा सारेको उजुरी प्रहरीमा परेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उजुरीका आधारमा अनुसन्धान गर्दा उनले सामाजिक सञ्जालमार्फत कुराकानी गर्दा आफूले ग्यारेन्टीका साथ पोर्चुगल लैजाने त्यसका लागि ११ लाख रुपैयाँ लाग्ने बताएका थिए । उनले सुरुमा कुनै पनि रकम दिन नपर्ने, भिसा आएपछि मात्र लागत रकम बुझाउनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत् सम्पर्क भएका ती व्यक्तिलाई विश्वासमा लिएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनीबाट ठगिएका एक पुरुष व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् । अन्य धेरै व्यक्तिलाई उनले ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका बजगाईलाई शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x