×

NMB BANK
NIC ASIA

‘छुट्नलाई पो रैछ क्यारे २’का रुपमा ‘एउटा कथा’ सार्वजनिक

असार १८, २०७९

NTC
Premier Steels

डेढ वर्षअघि सार्वजनिक ‘छुट्नलाई पो रैछ क्यारे’बोलको प्रेमबिछोडको मर्मस्पर्शी गीतलाई श्रोता दर्शकले निकै रुचाए । 

Muktinath Bank

प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतमा थानेश्वर र शान्तीश्री परियारले स्वर दिएका थिए । लाखौं टिकटक बनेको उक्त गीतले अहिलेसम्म ७५ लाख बढी भ्युज पाइसकेको छ, युट्युबमा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिबेला सोही गीतको अध्याय २ का रुपमा नयाँ गीत सार्वजनिक भएको छ- एउटा कथा । गीतकार उही, संगीतकार उही । गायक/गायिका पनि उही । अर्थात, प्रभाकै शब्द, थानेश्वरको संगीत, थानेश्वर र शान्तीश्रीको स्वरमा शुक्रवार रातिमात्रै ‘एउटा कथा’ गीत सार्वजनिक गरिएको हो । 


Advertisment
Nabil box
Kumari

यो गीतलाई एरेन्ज कमल सौरागले गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । 

Vianet communication

जीवन्त अभिनयका कारण चिनिएका माओत्से गुरुङले निर्देशन गरेको गीत थियो ‘छुट्नलाई पो रैछ क्यारे ।’ यसपटक ‘एउटा कथा’ लाई भने रामजी लामिछानेले निर्देशन गरेका छन् । 

रामजी पनि चलचित्रका गीतदेखि लोक, आधुनिक गीतसम्ममा रुचाइएका निर्देशक हुन् । यसपटक भिडियोमा मुख्य मोडलसमेत दोहोरिएका छन्, अभिनेता पुष्प खड्का । साथमा, अभिनेत्री रुबिना थापा र मोडल सुधीर श्रेष्ठको भिडियोमा अभिनय छ । 

काठमाडौंभित्रैका विभिन्न स्थानहरूमा मानकृष्ण महर्जनले भिडियो खिचेका हुन् भने बन्दे प्रसादले त्यसको सम्पादन गरेका हुन् । 

सर्जक, कलाकार, निर्देशक एवं प्राविधिकहरूलगायत गीतसँग जतिपनि जोडिएका छन्, ती सबैको एकमुष्ठ कौशलको परिणाम हो –एउटा कथा । 

गीतमा प्रेम जोडीको फरक खालको प्रेमकथा प्रस्तुत गरिएको छ । शब्दहरू निकै मर्मस्पर्शी छन् । 

भिडियोको परिकल्पना उत्तिकै मर्मस्पर्शी लाग्छ । कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतले भ्युज विस्तारै बढाउँदै लगेको छ । गीतमा आएका सकारात्मक प्रतिक्रिया आएका छन् । 

धेरैले गीत मर्मस्पर्शी लागेको उल्लेख गरेका छन् । कतिपयले १५ मिनेटको यो गीत छोटो भएको समेत प्रतिक्रिया दिएका छन् । श्रोता दर्शकको प्रतिक्रियाले गीत निर्माण टिम उत्साहित छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x