माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धो–तराप नेपालकै सबैभन्दा उचाइमा रहेको मानव बस्ती हो । प्राकृतिक सुन्दरताले भरीपूर्ण बस्तीलाई चारैतिरबाट अग्ला पाटनहरूले घेरेको हुनाले यसलाई ‘धो उपत्यका’ पनि भन्ने गरिन्छ ।
सडक सञ्जालबाट टाढै रहेको धो–तराप डोल्पा सदरमुकाम दुनैबाट ३ दिनको हिँडाइमा पुग्न सकिन्छ । आजको फोटो कथामा धो–तरापलाई विभिन्न ठाउँबाट क्यामेरामा कैद गरेको दृश्य प्रस्तुत गरेको छु ।
धो–तरापको पाटनमा यार्सागुम्बा पाइन्छ । जेठको पहिलो हप्तातिर स्थानीय धेरै मानिस घरमा ताल्चा ठोकेर यार्सा टिप्न जाने गर्छन् । यो समयमा गाउँघरमा बुढापाका मात्र भेटिन्छन् । यार्सा संकलन स्थानीयको आम्दानीको मुख्य स्रोत हो । यहाँ गुच्ची च्याउ पनि पाइन्छ । गुच्ची च्याउ औषधीय गुण भएको एक महत्त्वपूर्ण जडीबुटी हो ।
भौगोलिक विकटताको वर्णन गरी साध्य नहुने यो ठाउँमा प्राकृतिक सुन्दरतासँगै धर्म, संस्कृतिमा आफ्नै खालको मौलिकता छ । डोल्पो समुदायको बसोबास रहेको धो–तरापका स्थानीय आफ्नो परम्परा, कला, संस्कृतिको जगेर्ना र प्रचारप्रसार गर्न लागिपरेका छन् ।
भौगोलिक विकटताका कारण यो ठाउँ राज्यको उपस्थितिभन्दा धेरै पर छ ।
अन्नबालीका रूपमा उवा र आलु मात्र फल्छ । स्थानीयले उवा काट्ने काम लामा गुरुले साइत जुराएपछि मात्र शुरू गर्छन् । उवा काट्ने सन्दर्भमा रोचक कुरा के छ भने उवा काट्न शुरू गर्नुभन्दा पहिले खेतको आलीका सबै घाँस काटिसक्नुपर्छ । उचाइमा फल्ने उवालाई स्थानीयले चम्बा (सातु) र ढिँडोको रूपमा खाने गर्छन् ।
उवा र आलु मुख्य अन्नबाली भए पनि उत्पादित उवा र आलुले वर्ष दिन खान पुग्दैन । स्थानीयहरू चौरी र खच्चडलाई बोकाएर खाद्यान्न अन्यत्रबाट ल्याउने गर्दछन् । तिब्बतको सीमा भएर धो–तरापसम्म सडक आइपुगेको छ ।
उच्च हिमाली भेगको धो–तरापमा हिउँदयाममा हिमपात र अत्यधिक जाडो हुने गर्छ । जाडोका कारण मानिसहरू धो–तरापमा ६ महिना मात्र बस्छन् । जाडो छल्नका लागि काठमाडौं र सदरमुकाम दुनै आसपासका क्षेत्रमा झर्ने गर्छन् ।
एक पटक गएपछि फेरि जाउँ–जाउँ लाग्ने, वरिपरिका यार्सा फल्ने पाटन, बस्तीको छेवैबाट बगेको धो र ताक्सी खोलालाई जति हेरे पनि धित मर्दैन । उवा झुल्ने फाँटमा भुल्ने मन, पुगिसकेपछि फर्कनै मान्दैन । धो–तरापले मोहनी लगाउँछ । ३ दिनको हिँडाइका क्रममा पाइएको पीडा र दुःखलाई पूरै मल्हम लगाई सञ्चो बनाउँछ धो–तरापले ।
स्थानीयको आँखामा झल्कने निर्दोषपन र सरलपनले मानव सभ्यताको विश्व सञ्जालमा फिँजिएको जालझेललाई भुसुक्कै बिर्साइदिएर बन्धुत्वको भाव झल्काउँछ ।
दैनिक परम्परागत भेषभूषामा झल्कने स्थानीय महिला र पुरुषहरूले लगाएको गरगहना, मौलिक शैलीको कपाल आदिले पर्यटकलाई अचम्मित पार्दै नौलो अनुभूति दिलाउँछ । विश्व जगतलाई एन्ड्रोइड तथा कम्प्युटरले देखाएको र चिनाएकोभन्दा फरक मौलिकपनले आश्चर्यचकित तुल्याउने गर्दछ । त्यसैले पर्यावरणको पारिस्थितिकीय प्रणालीलाई यक्ष राख्न स्थानीय विश्वमै नमनयोग्य छन् जस्तो लाग्छ ।
गाउँमा शताब्दिऔं पुराना रिबो बुम्पा गोम्पा र जुम्पा गुम्पा गुम्बा रहेका छन् । घोडा दौड र तीरन्दाजी (तीर हान्ने) प्रतियोगिता, परम्परागत सांस्कृतिक भेषभुषामा महिला/पुरुषहरूले नाच्ने नाच नाच्दै पुरुषहरूले बजाउने परम्परागत बाजाहरू धो–तरापको मुख्य सांस्कृतिक पहिचान हुन् । यी संस्कृतिले मानव बसोबासको उच्च उचाइ मात्रा होइन, कला र संस्कृतिको जगेर्नामा पनि उच्च महत्त्व पाएको कुरा प्रस्ट हुन्छ ।
यी सबैलाई सही तरिकाले प्रचारप्रसार गर्न सके नेपाललाई विश्वमा चिनाउन र चिन्न चाहनेहरूले धो–तरापलाई खोजीखोजी आउने वातावरण बनाउन आवश्यक छ । यसबाट नेपालको पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने निश्चित छ ।
डोल्पो क्षेत्र अथाह पर्यटकीय सम्भावना बोकेको छ । डोल्पो क्षेत्रमै रहेको धो–तरापको उचित प्रचारप्रसार गरी विश्व पर्यटन गन्तव्यको रूपमा अगाडि बढाउन सके देश र दुनियाँले देख्ने थिए नेपालको प्राकृतिक सामर्थ्य । अनि ओइरो लाग्ने थिए आन्तरिक तथा बाह्य पर्यटकको ।
सदरमुकाम दुनैसँग सडक सञ्जालमा नजोडिएको यो गाउँमा पछिल्ला केही वर्षयता मोटरसाइकल घरघरै पुगेका छन् । यहाँ अधिकांश मानिसहरू मोटरसाइकल चढ्ने गर्दछन् । उत्तरी सिमाना तिब्बतबाट ल्याइएको मोटरसाइकल सबैको घरमा छ तर पनि यहाँको मुख्य यातायातको साधन भनेको खच्चड र घोडा नै हुन् ।
४ हजार २०० मिटरको उचाइमा रहेको धो–तराप । सुन्दा र पुग्दा जति विकट छ, त्योभन्दा धेरै सुन्दर छ । एक पटक पुग्नैपर्छ अनि थाहा हुन्छ विकटता भित्रको सुन्दरता, देशको वास्तविकता, जीवन बाँच्ने फरकपनको मौलिकता ।
यो सुन्दर दृश्यहरू राज्यको दृष्टिमा अहिलेसम्म पर्न सकेको छैन । सडक सञ्जालले छुन नसकेकै कारण यहाँका अथाह पर्यटकीय, जडीबुटी, कला र सांस्कृतिक सम्भावनाहरू ओझेलमा परेका छन् । सडक सञ्जालले मात्र जोड्ने हो भने यस ठाउँलाई राज्यले केही दिनुपर्दैन, बरु राज्यलाई धेरै कुरा दिन सक्ने सामर्थ्य राख्छ गाउँले ।
(यो फोटो कथामा प्रयोग भएका सम्पूर्ण तस्वीरहरू गएको भदौ महिनाको मध्यतिर खिचिएको हो ।)
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...