×

NMB BANK
NIC ASIA

१३ वर्ष मुनिका बालबालिकालाई एक्लै जहाजमा यात्रा गराउँदै बुद्ध एयर, यसरी दिन्छ सुविधा

असार २३, २०७९

NTC
Premier Steels

तपाईं आफ्नो आफन्तकोमा बच्चालाई पठाउने मन छ, तर तपाईं चाहिँ व्यस्त समयले जान भ्याउनुभएको छैन ? 

Muktinath Bank

सम्झनुस् त, यो समयमा के गर्ने ? न बच्चालाई एक्लै पठाउनु न त आफू पनि बिदामा बसेर बच्चालाई आफैं लैजाने ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साह्रै कठिन परिस्थिति हो यो । कठिन परिस्थितिलाई सहज बनाउनका लागि बुद्ध एयरले सजिलो सहजीकरण गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

तपाईंहरूको व्यस्त समयलाई मध्यनजर गर्दै बुद्ध एयरले बालबालिकाका लागि विशेष सेवा दिइरहेको छ । बुद्ध एयरले ५ वर्षदेखि माथिका र १३ वर्षदेखि मुनिका बालबालिकाहरूलाई आफ्नो जहाजमा एक्लै यात्राको सुविधा दिँदै आएको छ । 

Vianet communication

कसरी लिने यस्तो सुविधा ? 

५ वर्षदेखि १३ वर्ष मुनिसम्मका बालबालिकालाई ‘अनअकम्पनिड’ क्याटागोरीमा राखेर विशेष सेवा दिँदै आइरहेको छ । यो उमेर समूहका बालबालिकाहरूका लागि सामान्यतया यात्रा गराउन एक सारथी अनिवार्य हुनुपर्छ । 

तर अभिभावकको व्यस्तता र अवस्थालाई मध्यनजर गर्दै बुद्ध एयरले विशेष सेवा दिँदै आएको छ ।

जहाजबाट त बालबालिकाहरू यात्रा गर्न सक्छन् तर एक्लै यात्रा गर्दा उनीहरूको गन्तव्यसम्म कसले पुर्‍याइदिने ? वा कहिलेकाहीँ परिस्थितिबस विमानको आकस्मिक अवतरण गरेर कतै बास बस्नुपर्ने अवस्था हुन सक्छ । त्यस्तो अवस्थामा त्यो बच्चालाई कोसँग राख्ने ? उसको केयर कसले गर्ने ? यसबारे समस्या हुन सक्छ । 

यस्तो बेला बालबालिका यात्रुलाई वायुसेवा कम्पनीकै उडान दलको विशेष निगरानीमा राखिन्छ ।

अनलाइनबाटै यस्तो किसिमको टिकट काट्न सकिने हुँदा यसले अभिभावकलाई झनै सहज हुने विश्वासका साथ कम्पनीले यस्तो सुविधा सञ्चालन गरेको हो । 

अनअकम्पनिड क्याटगोरीमा राखेर बुद्ध एयरले यस्तो सेवा दिँदै आएको छ ।

यो क्याटागोरीमा विभिन्न शर्तहरू अभिभावकले पहिल्यै पढ्नुपर्ने हुन्छ । शर्तबमोजिम फर्म भर्नुपर्ने हुन्छ र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

सर्वप्रथम अभिभावकहरूले आफ्नो बच्चालाई अर्को ठाउँमा पठाउनका लागि अनलाइनबाटै टिकेट काट्न सक्छन् ।

बुद्ध एयरको आफ्नै मोबाइल एपबाट सहजै टिकट काट्न सकिन्छ । यसबाहेक अन्य भुक्तानी सेवा प्रदायकहरूको माध्यमबाट पनि सहजै टिकट काट्न सकिन्छ । त्यहाँ एउटा फारमको पनि व्यवस्था गरिएको हुन्छ ।  

त्यो फारममार्फत विमानस्थलमा यस्ता किसिमका बालबालिकालाई कसले पुर्‍याउने र लिनका लागि को आउने भन्ने खुलाउनुपर्ने हुन्छ ।  

जसका लागि फर्म भर्नुपूर्व नै अभिभावकले बच्चा पठाउन लागिएको ठाउँको परिवारको एक जना सदस्यलाई विमानस्थलसम्म लिन आउनका लागि भन्नुपर्छ । सोही व्यक्तिले लिन आउने सुनिश्चित भएपछि मात्रै सो फर्म भर्ने र टिकट पनि काट्ने गर्नुपर्छ । 

सो फर्ममा बच्चाको अभिभावक, विमानस्थलसम्म पुर्‍याउन जाने व्यक्ति र अर्को विमानस्थलमा लिन आउने अभिभावकको परिचय, नाता–सम्बन्ध, सम्पर्क नम्बर जस्ता विवरण खुलाउनुपर्ने हुन्छ ।

यति खुल्ने फर्म भरेर बुझाएपछि मात्रै कम्पनीले सो फर्म स्विकार गर्छ । 

यति भएपछि अब बालबालिकालाई जहाजमा एक्लै यात्रा गराउन सकिन्छ । 

त्यसपछि टिकटमा तोकिएको समयअगाडि नै बच्चालाई विमानस्थलसम्म पुर्‍याउनका लागि अभिभावकले समय दिनुपर्छ । तोकिएको समयमै विमानस्थलमा बच्चा पुगिसकेपछि अब कम्पनीले बच्चाको जिम्मा लिन्छ र आफ्नो उडान प्रक्रिया शुरू गर्छ । 

यस्तो छ जहाजको प्रक्रिया

  •     बच्चालाई जहाजमा राख्नुपूर्व अघिको फर्मलाई कम्पनीले ३ वटा प्रिन्ट गर्छ र अभिभावकको हस्ताक्षरसमेत गराउँछ । 
  •     यसपछि एयर होस्टेस (विमान परिचारिका)को समेत हस्ताक्षर राखेर कम्पनीले एक प्रति आफू राख्छ । 
  •     बाँकी २ प्रति फर्म कम्पनीले एयर होस्टेसको जिम्मामा छाड्छ । 
  •     जहाजमा ती बच्चालाई एयर होस्टेसले विशेष र छुट्टै किसिमको हेरचाह र निगरानी गर्छन् । 
  •     साथै जहाजमा आफ्नै कर्मचारीसँग सो बच्चा राखिन्छ । 
  •     अब केही समयपछि जहाज गन्तव्यमा पुग्छ । 
  •     त्यहाँ एक प्रति फर्म कम्पनीले राख्छ र अर्को फर्म बच्चा लिन आउने आफन्त वा अभिभावकलाई दिइन्छ । 
  •     बच्चा लिन आउने व्यक्ति फर्ममा भएअनुसार नै हुनुपर्छ । 
  •     जहाज गन्तव्यमा अवतरणपश्चात् विमान परिचारिकाले स्थानीय कर्मचारीको जिम्मा लगाउँछन् । जिम्मा लगाउँदा त्यस फर्ममा कर्मचारीको हस्ताक्षर लिएर दुई प्रतिमध्ये एक प्रति आफैसँग राख्छन् । 
  •     कर्मचारीले फर्म अनुसार भेरिफिकेशन गरि मात्र अभिभावकको जिम्मा लगाउँछन् ।
  •     त्यसपछि यो प्रक्रिया सकिन्छ । 
  •     बच्चा दिने बेला पनि अघि फर्ममा भरे अनुसारको डिटेल्स, जो फर्ममा भरिएको छ उही आउनुपर्छ नत्र दिइँदैन ।
  •     यसरी यो प्रक्रिया अनुसार बुद्ध एयरले बच्चालाई त्यसरी गन्तव्यमा पुर्‍याउने काम गर्दै आएको छ ।
  •     चेतनास्तर कमजोर हुँदै गएका तथा वृद्धवृद्धाको हकमा पनि बुद्ध एयरले सोही प्रक्रियामार्फत सुविधा दिँदै आएको छ ।
     

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x