कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असार २७, २०७९
धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईलाई अनुसन्धानका लागि सर्वोच्च अदालतमा तानिएको छ ।
रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ दिइएको सम्बन्धमा सबैभन्दा पहिला लोकान्तरमा समाचार प्रकाशित भएपछि न्यायाधीश भट्टराईलाई अनुसन्धानका लागि काजमा सर्वोच्च अदालतमा तानिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार जिल्ला न्यायाधीश भट्टराईलाई आजैदेखि सर्वोच्चमा काज सरुवा गरिएको पत्र धनुषा जिल्ला अदालतलाई पठाइएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले पनि त्यस कुराको पुष्टि गरेका छन् । 'जिल्ला न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालतमा आज काज सरुवा गरिएको हो,' ढकालले लोकान्तरसँग भने ।
इजलास बहिष्कार गर्ने जनकपुर बारको निर्णय
यता नेपाल बार एसोसिएसन जनकपुरले पनि धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।
अधिवक्ता अनिल सदाका अनुसार आज बसेको जनकपुर बाराको बैठकले जिल्ला न्यायाधीश भट्टराईको इजलास अनिश्चितकालका लागि बहिष्कार गर्ने निर्णय भएको छ ।
त्यसै गरी उनले गरेका सम्पूर्ण विवादित फैसलाहरू संकलन गरेर छानबिनका लागि सर्वोच्च अदालत र न्याय परिषद् सचिवालयमा पठाउने निर्णय भएको उनले लोकान्तरलाई जानकारी दिए ।
जनकपुरका पेट्रोलपम्प व्यवसायी मनोज साहलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा रंगेहात पक्राउ परेका पंकज भनिने दामोदर चौधरीसहित ३ प्रतिवादीलाई भट्टराईले सफाइ दिएका थिए ।
त्यसैगरी हत्या, बलात्कार तथा लागूऔषधका मुद्दामा समेत उनले सफाई दिएको भन्दै जनकपुर बारले उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...