×

NMB BANK
NIC ASIA

ओलीसँगको भेटमा चिनियाँ टोलीले भन्यो- नेपाललाई विकास साझेदारको रुपमा अघि बढाउन चाहन्छौं

असार २८, २०७९

NTC
Premier Steels

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओको नेतृत्वको प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी ओली निवासमा चार घण्टाभन्दा बढी समय बिताएको छ ।

Muktinath Bank

चिनियाँ प्रतिनिधि मण्डल द्विपक्षीय भेटवार्ताका लागि मंगलवार बिहान १० बजे ओली निवास पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूबीचको भेटवार्तामा एमाले अध्यक्ष ओलीले नेपाल र चीनको बीचमा कुनै पनि समस्या नरहेको बताएको छलफलमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले बताए । 


Advertisment
Nabil box
Kumari

चिनियाँ प्रतिनिधि मण्डलको टोलीले ओली निवासमै खाना खाएको थियो । खान खानका लागि करीब डेढ घण्टाको समय लागेको भट्टराईले बताए । 

Vianet communication

त्यसबाहेकको समयमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउँदा समेत नेपाल एक चीनप्रति प्रतिबद्ध रहने बताएको भट्टराईले जानकारी दिए । ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा चिनियाँ प्रतिनिधि मण्डललाई आश्वस्त पार्ने प्रयास गरेको भट्टराईले बताए । 

छलफलमा पछिल्लो समय नेपालमा चीन विरोधी गतिविधिले स्थान पाएको संकेत गरिएको थियो । त्यसबारेमा एमालेको प्रतिनिधि मण्डलले एमालेले सरकारको नेतृत्व गरेको बेलामा चीनविरोधी गतिविधि हुन नदिन सचेत रहेको बताएको थियो । 

‘विगतदेखि नै हामी एक चीन नीतिमा अडिग छौं र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्रराष्ट्रहरूविरुद्ध गतिविधि हुन दिँदैनौं,’ चिनियाँ प्रतिनिधि मण्डललाई ओलीले भनेका थिए ।

पारस्परिक लाभ र समानताको आधारमा सम्बन्ध राख्ने कुरामा आफूहरू स्पष्ट रहेको ओलीले बताएको भट्टराईले बताए । त्यसबाहेक, चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनलाई अघि बढाउनुपर्नेमा जोड दिएको भट्टराईले बताए ।

भेटमा चिनियाँ प्रतिनिधि मण्डलले चीनप्रति राखेको सकारात्मक दृष्टिकोणप्रति धन्यवाद र खुशी व्यक्त गरेका थिए । 

त्यसैगरी, चीनले नेपाललाई विकास साझेदाररुपमा अघि बढाउँदै आएको र आगामी दिनमा पनि सहकार्यको चाहना राखेको बताएको भट्टराईले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x