×

NMB BANK
NIC ASIA

साढे २ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाउँदै, आज निर्वाचन

असार ३१, २०७९

NTC
Premier Steels

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । 

Muktinath Bank

 आज (शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यक्रम छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा उपसभामुख पदका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिष्पर्धा गर्दैछन् ।


Advertisment
Nabil box
Kumari

आजको प्रतिनिधि सभाको दिउँसो ३ बजे बस्ने दोस्रो बैठकमा सांसद देवप्रसाद गुरुङले कांग्रेसकी भुसाललाई निर्वाचित गराउन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Vianet communication

 सो प्रस्तावमा सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन जनाउनेछिन् ।

यस्तै एमालेको तर्फबाट भट्टराईलाई निर्वाचित गराउन शान्ता चौधरीले प्रस्ताव गर्नेछिन् भने कृष्णभक्त पोखरेलले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि मतविभाजनमा गएर चुनाव हुनेछ । 

प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत रहेकोले कांग्रेसकी भुसाल उपसभामुख बन्ने निश्चित जस्तै छ । प्रतिनिधिसभामा एमालेका ९७ सांसद छन् । एमाले उम्मेदवारको पक्षमा नेमकिपाका एक सांसद प्रेम सुवाल मात्र छन् । 

उपसभामुख दाबी गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत सत्ता गठबन्धनतर्फ ढल्किने संकेत गरेको छ । लोसपाले उम्मेदवार उठाउन आनाकानी गरेपछि एमालेले सांकेतिक उम्मेदवारी दिएको थियो ।

गठबन्धनको पक्षमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५० (स्वतन्त्र छक्कबहादुर लामासहित), नेकपा एकीकृतका २४ (सोम पाण्डेसहित) तथा जसपाका २१ सांसद छन् । 

१३ सांसद रहेको लोसपाले समेत कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने सम्भावना छ ।

तत्कालीन नेकपाको एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्ने स्थिति आएपछि २०७६ साल माघ ६ गते मा डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएपछि पद रिक्त थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x