×

NMB BANK
NIC ASIA

प्रमुख र उपप्रमुखबीच समझदारी बनेपछि तिलोत्तमाको नगरसभा शुरू

साउन ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभाको पाँचौ बैठक शुरू भएको छ । नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरी चौधरीबीच सोमवार साँझ भएको छलफलमा नगरसभा अगाडि बढाउने सहमति भएको थियो ।

Muktinath Bank

प्रमुख र उप प्रमुखबीच नगरसभा अगाडि बढाउन सहमति भएपछि मंगलवार नगरसभा शुरू हुन लागेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । ‘उहाँहरूका बीचमा के–कस्तो विषयमा सहमति भयो थाहा भएन,’ एक अधिकृतले भने, ‘तर अब नगरसभा अगाडि बढाउने सहमति भएकाले हामी तयारीमा जुटिरहेका छौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख र उपप्रमुखबीच नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूमा रहेको असमझदारी हटाउने, न्यायिक समितिमा कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समितिहरु गठन गर्ने विषय समावेश गर्ने सहमति भएको बताइएको छ । 


Advertisment
Nabil box
Kumari

तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका खाण निर्वाचित भएका थिए । उनी गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन् । तर, नगरसभामा उपप्रमुखसहित एमालेको बहुमत छ । 

Vianet communication
Laxmi Bank

एमालेले नगरप्रमुखले एकलौटी निर्णय गर्न खोजेको आरोप लगाउँदै आएको छ भने कांग्रेसले एमालेले बहुमतको दम्भ देखाइरहेको आरोप लगाउँदै आएको छ । दुई दलबीचको असमझदारीका कारण नगरसभा पटक–पटक प्रभावित हुँदै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x