×

NMB BANK
NIC ASIA

कांग्रेस–एमालेको विवादका कारण रोकिएको तिलोत्तमा नगरपालिकाको बजेट पारित

साउन ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिबीचको विवादका कारण रोकिएको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । गएको असार १० गते नगरसभामा प्रस्तुत बजेट मंगलवार सर्वसम्मतिले पारित भएको हो । 

Muktinath Bank

कांग्रेस र एमालेको विवादका कारण तिलोत्तमामा बजेट प्रस्तुत भए पनि झण्डै एक महिनासम्म पारित गर्ने प्रक्रिया अघि बढेको थिएन । सोमवार कांग्रेस र एमालेबीच सहमति भएपछि मंगलवार बसेको नगरसभा बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, बैठकले आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पनि पारित गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस र एमालेबीच न्यायिक समिति गठनमा विवाद भएको थियो । सोही कारण पटक–पटक बोलाइएको नगरसभा बैठक स्थगित हुँदै आएको थियो । गत असार ३१ गते र साउन १ गते बसेको नगरसभा बैठकमा गणपूरक संख्या नपुगेको भन्दै मेयर रामकृष्ण खाँणले स्थगित गरेका थिए । तर, उपप्रमुख जागेश्वरीदेवी चौधरीसहित एमालेका जनप्रतिनिधिहरूले आफूहरू बैठकमा उपस्थित भए पनि हाजिरी गर्न नदिएर बैठक स्थगित गरेको आरोप लगाएका थिए । 


Advertisment
Nabil box
Kumari

साउन १ गतेको बैठकमा प्रमुख प्रशासकीय अधिकृतले आफूहरूको हाजिर नगराएको भन्दै एमालेका जनप्रतिनिधिले प्रदर्शन गरेका थिए । उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिँदा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले तिलोत्तमा ४ का वडाध्यक्ष हरि क्षेत्रीलाई पौडी पोखरीमा धकेल्दा एमाले थप आक्रोशित भएको थियो । 

Vianet communication
Laxmi Bank

उक्त घटनापछि सोमवार एमाले र कांग्रेसबीच भएको छलफलमा प्रमुख प्रशाकीय अधिकृत र वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपी ठगबहादुर केसीलाई कारबाही गर्ने, न्यायिक समितिमा कांग्रेसको तर्फबाट एक जना सदस्य राख्नेलगायतका सहमति भएपछि नगरसभा बैठक अघि बढाइएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x