×

NMB BANK
NIC ASIA

वाम ध्रुवीकरणको प्रयास

विचार मिल्ने पार्टीसँग एकता गर्नेबारे छलफल गर्‍यौं : प्रचण्ड

साउन ३, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मिल्ने पार्टीसँग एकीकरण गर्नेबारे छलफल भएको बताएका छन् । 

Muktinath Bank

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत सचिवालय सदस्यको छलफलमा विचार मिल्ने पार्टीहरूबीच एकताका लागि छलफल भएको उनले बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलवार शीर्ष नेताहरू छलफलमा जुटेका थिए । 


Advertisment
Nabil box
Kumari

‘नेकपामा हामी बहुमत सचिवालय सदस्य हौं नि ! हामीले विचार मिल्ने पार्टीहरूको बीचमा एकताका लागि छलफल गरिरहेका छौं,’ प्रचण्डले भने । 

Vianet communication

आगामी निर्वाचनमा गठबन्धन कायम गरेर जानेबारे पनि छलफल भएको उनले बताए । 

तत्कालीन नेकपा बन्दा नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएका थिए । नेकपाको सचिवालयमा रहेकामध्ये प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ छलफलका लागि जुटेका हुन् । 

उनीहरू यसअघि असार १९ गते पनि ललितपुरको एक घरमा छलफलमा जुटेका थिए । त्यसबेला उनीहरूले समाजवादी केन्द्र बनाउनेबारे छलफल गरेका थिए । 

मंगलवार सिंहदरबारमा उनीहरू फेरि छलफलमा बसेका छन् ।

मंगलवारै बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच पनि छलफल भएको थियो । 

भट्टराई पनि समाजवादी केन्द्र बनाउनेबारे सहमत छन् तर कम्युनिस्ट पार्टीमा आफू सहभागी नहुने भट्टराईले बताउँदै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x