×

NIC ASIA

कांग्रेससँगको गठजोड नर्ककुण्ड हो, त्यताबाट स्वर्ग गइँदैन : योगेश भट्टराई

साउन ३, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आग्रह गरेका छन् ।

Muktinath Bank

मंगलवार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले तत्कालीन नेकपाका नेताहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए । उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रूपमा छाडिदिएर बिर्सिनुपर्ने बताए । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जानेबारे मात्रै सोच्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए । उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भए पनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए । उनले भने, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ । त्यसको विकल्प छैन । यो बीचको एक–डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रूपमा छोडिदिऊँ । धेरै पछाडि नफर्किऊँ कसले के गर्‍यो भन्ने कुरा । जब कसले के गर्‍यो भन्ने कुरामा हामी जान्छौं, हामी एकअर्कालाई चिथोर्छाैं र घाइते बनाउँछौं । अगाडि कसरी जाने त्यो सोचौं । त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौं कांग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ । त्यताबाट स्वर्ग गइँदैन । एउटा भनाई छ नि ! स्वर्ग जाने हो भने त गोजीमा स्वर्गकै ठेगाना चाहियो । अनि त्यहाँ पुगिन्छ । गोजीमा अर्को ठेगाना बोक्ने ड्राइभिङ अन्ततिर गर्‍यो भने अन्त गइन्छ । आजकाल जीपीएस किन लगाइन्छ भने जीपीएसले ठीक ठाउँमा लान्छ । त्यसकारण माओवादी साथीहरू र समाजवादीले जीपीएस लगाउनुपर्‍यो । अब त्यो जीपीएस जिउमा लगाउनुपर्‍यो र फर्किनुपर्‍यो । बाटो फर्किनुपर्‍यो । अनि हामी सँगसँगै हुँदै जाऔं । कति वर्षसम्म सँगसँगै हिँड्ने, नजिकबाट हिँडौं । जुन बेलाबाट हामी एउटै बाटोमा हिँडौंला त्यो बेलाबाट एउटै बाटोमा हिँडौंला । अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो । अब अलि छिटो एउटै बाटोमा नहिँडौं न त ठीकै छ । एउटै दिशामा जाऊँ । लेन अलिकति फरक जाउँ न त ! लेन फरक जाऔं, दिशा एउटै गरौं । कुनै एउटा ठाउँमा हुँदाखेरी हाइवेमा लेन मर्ज हुन्छ । कुनै न कुनै ठाउँमा पुगेपछि त त्यो लेन मर्ज हुन्छ नि त ! आजका नेताहरूको पालना भएन भने तपाईं र मेरो पालामा गरौंला न त के फरक पर्‍यो र ? यदि त्यसो नगरीकन राष्ट्रिय शक्ति बन्दैन । राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहियो । जसले यो मुलुकको सिंगो जनमतलाई नेतृत्व गर्नसक्छ ।’

Vianet communication

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताए । उनले कम्युनिस्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरूसँग आँखा जुधाएर बोल्न सक्ने बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीले सबै प्रणाली खाइदिने उनको भनाई छ । 

उनले नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x