×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा बैठक

‘सेनाका ग्रीनकार्ड होल्डर पूर्व उच्च अधिकारीले एसपीपीको वकालत गरिरहेका छन्, अनुसन्धान हुनुपर्छ’

साउन ४, २०७९

NTC
Premier Steels

नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को वकालत गरिरहेको भन्दै यसको अनुसन्धान गर्न राष्ट्रिय सभामा कुरा उठेको छ ।

Muktinath Bank

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद विमला राई पौड्यालले एसपीपीमा सेनाका निवृत्त अधिकारीको संलग्नता रहस्यमय रहेको बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एसपीपीको पत्राचार गर्दा सेनाबाट राजनीतिक नेतृत्व बेखबर भएको देखिन्छ, जुन डरलाग्दो कुरा हो । यसलाई हामी कसरी सुधार गर्दैछौं ? यतिधेरै पत्राचार हुँदा पनि परराष्ट्र बेखबर रहेकाले कसरी सेन्टरमा राख्न सक्छौं ? त्यसमा के सुधार गर्‍यौं ?’ सांसद पौड्यालले भनिन्, ‘अहिले आएको एसपीपीको ड्राफ्ट कहाँबाट आयो ? कसले ल्यायो ? कसले गरेको थियो ? अहिलेसम्मको कुरा आएको छैन ।’


Advertisment
Nabil box
Kumari

सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पको समयमा एउटा परिस्थितिमा पत्राचार गरेपनि सरकार फेरिएपछि सेनाले राजनीतिक नेतृत्वसँग छलफल नै नगरी अमेरिकालाई पत्राचार गरेको उनले बताइन् । 

Vianet communication

सांसद पौड्यालले अमेरिकामा ग्रीनकार्ड लिएर बसेका सेनाका अवकाशप्राप्त अधिकारी नै एसपीपीको वकालतमा लाग्नु डरलाग्दो विषय भएको भन्दै छानबिन गर्न माग गरिन् ।

‘एसपीपीसँग लुकेको कुरा, मैले सुनेको समाचार असत्य होस् । नेपाली सेना अहिलेसम्म निर्विवाद छ । तर, सेनाका उच्चपदस्थ अधिकारी कि आफ्नो ग्रीनकार्डमा या परिवारको ग्रीनकार्डमा अमेरिका बस्छन् । एसपीपीमा अवकाशप्राप्त उच्चपदस्थ सेनका अधिकारीले धेरै छलफलमा भाग लिएको देखिन्छ । त्यसैले यो अनुसन्धानको विषय बन्नुपर्छ । बहुत डरलाग्दो विषय भएकाले रक्षामन्त्रीको हैसियतमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ राष्ट्रिय सभामा मनोनित सांसद पौड्यालले भनिन् । 

चर्को विरोधपछि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । तर अमेरिकालाई यस सम्बन्धमा पत्राचार नभएकाले कुनै पनि बेला ब्युँतिन सक्ने भन्दै सांसदहरूले प्रश्न उठाइराखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x