×

NMB BANK
NIC ASIA

भीमदत्त पन्तको टाउको कांग्रेसले नै कटाएको हो: ओली

साउन ७, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्नै पार्टीका व्यक्तिलाई शहीद मान्न अस्वीकार गरेको आरोप लगाएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले विभिन्न आन्दोलनमा ज्यान गुमाएका आफ्नै पार्टीका कार्यकर्तालाई शहीद भन्न नसकेको बताएका हुन् । 

Muktinath Bank

अध्यक्ष ओलीले भीमदत्त पन्तलगायतको नामै लिएर कांग्रेसकै कारण उनलाई शहीद घोषणा गर्न नसकिएको बताए । उनले भने, ‘भीमदत्त पन्तलाई कांग्रेसले शहीद मानेन । कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ग हुन्छ ।’ पन्तसहित पछिल्लो समय जानकारीमा आएका व्यक्तिहरुलाई शहीद घोषणाको तयारी भइसकेको अवस्थामा कांग्रेसकै कारण रोकिएको ओलीको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमदत्तमात्र नभई चिनियाँकाजी, दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि कांग्रेसले नसम्झिएको ओलीको भनाइ थियो । ‘दुर्गानन्द झाले कांग्रेस कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । तर, नेपाली कांग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन,’ उनले भने, ‘कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरुलाई फाँसीको सजाय सुनाइएको थियो कांग्रेसले त्यो कुरा गरेन ।’ 


Advertisment
Nabil box
Kumari

आफ्नै आदरणीय नेताहरू मारिएको दिनमा कांग्रेसले एउटा विज्ञप्ति निकाल्नसमेत कन्जुस्याँइ गरेको उनको आरोप छ । 

Vianet communication

उनले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । ‘जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्छ,’ उनले भने, ‘म इतिहासकारलाई अनुरोध गर्दछु, शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू ।’

परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ । अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x