×

NIC ASIA

सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिनु देशका लागि घातकः ज्ञवाली

साउन ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा नभएको बताएका छन् । नेपाली नागरिक सरह बिहे गरेर आउने वित्तिकै विदेशीलाई नागरिकता दिनु गलत हुने उनको भनाइ छ । वैवाहिक अंगीकृतलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रवार संसदबाट रहस्यपूर्ण ढंगले विधेयक पारित भएको भन्दै यसले देशलाई ठूलो अप्ठ्यारोमा पार्ने उनले बताए । 

Muktinath Bank

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले भने, ‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको छ, विदेशी नागरिकलाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने पारित भएको विधेयक हाम्रो जस्तो देशका लागि घातक छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले विगतदेखि नै विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर भन्दै आएको उनको दाबी छ । ‘भारत, चीनलगायत सबै देशले ‘सटेन’ समय राखेका छन्,’ ज्ञवालीले भने, ‘हामीले बिहे गरेर आउने वित्तिकै नागरिकता दिने भयौँ । नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।’


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले आउँदो निर्वाचनमा आफूहरूको उद्देश्य र विचारसँग नजिक हुने राजनीतिक दलसँग तालमेल गरेर जान एमाले तयार रहेको बताए । ‘हामी स्थानीय तह निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सबैभन्दा धेरै ३४ प्रतिशत मतका साथ पहिलो भएका थियौँ’ ज्ञवालीले भने, ‘त्यही जगमा टेकेर निर्वाचनमा जाँदैछौँ । एमाले एक्लै चुनाव लडन तयार छ । तर, हामीसँग विचार मिल्नेहरूसँग तालमेल गरेर जान ढोका बन्द गरेका पनि छैनौँ ।’

Vianet communication

तत्कालीन नेकपा नेताहरू भेला भएर वाम गठबन्धनको कुरा गर्नु कांग्रेससँग आउँदो निर्वाचनमा सिट बाँडफाँडको ‘बार्गेनिङ’का लागि मात्र भएको उनको दाबी छ । ‘गठबन्धनभित्र अर्को गठबन्धन गर्ने जुन कसरत भइरहेको देखिन्छ । त्यो अरु केही होइन । कांग्रेससँग बार्गेनिङ मात्र हो,’ ज्ञवालीले भने । 

परमादेशबाट बनेको वर्तमान सरकारले एक वर्षमा देशलाई ठूलो संकटतर्फ धकेलेको उनको भनाइ छ । संसदको अधिकारलाई चरम दुरुपयोग गर्दै संविधानको मूल मर्ममाथि सरकारले निरन्तर प्रहार गरिरहेको नेता ज्ञवालीले बताए ।  ‘अर्थतन्त्रका हरेक आयाम संकटमा छन् । व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मुलुकको सञ्चिति कोष घट्दो छ । पूँजीगत खर्च जम्मा ५७ प्रतिशत भएको छ,’ उनले भने, ‘यस्ता विभिन्न घटनाक्रमले सरकारबाट देशको चीरहरण भइरहेको प्रष्ट छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x