×

NMB BANK
NIC ASIA

सरकारी वकिल थोकरलाई विभागीय कारवाहीको सिफारिस, सोधियो स्पष्टीकरण

साउन ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरकी सहायक जिल्ला अधिवक्ता संगीता थोकरलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ । 

Muktinath Bank

नाबालिग बलात्कार मुद्दामा महान्यायाधिवक्ता कार्यालयबाट प्रतिवादीको पक्षमा मुद्दा कमजोर बनाउनका लागि सचिवालयबाट दबाव आएको भन्ने विषयमा लागि गठित छानबिन समितिले संगीतालाई कारवाहीका लागि सिफारिस गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार छानबिन समितिले उनलाई विभागीय कारवाही सहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाइसकेको छ । त्यसअनुसार उनलाई कारवाही गर्नुभन्दा अगाडि स्पष्टीकरण पनि सोधिएको स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

२०७९ असार ५ गते महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिल कार्यालय पाटनको सहन्यायाधिवक्ता कृष्ण मोहन कोइरालाको संयोजकत्वमा सोही कार्यालयका उपन्यायाधिवक्ता सुभाष भट्टराई र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता विना दाहाल सहितको ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मुद्दाको विषयमा देखिएको तथ्यगत अवस्था र सम्बन्धित सरकारी वकिल तथा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकीलको संलग्नता लगायत उठेका अन्य विषयमा सम्बन्धित मिसिल कागज अध्ययन गरी सत्यतथ्य र सुझाव सहितको प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थियो ।

Vianet communication
Laxmi Bank

दिइएको समय अवधिभित्र २०७९ असार २४ गते नै समितिले प्रतिवेदन बुझाइसकेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मीले बताए । प्रतिवेदनमा के–कस्ता तथ्य उजागर भए भन्ने कुरामा उनले केही पनि बताउन मानेनन् । 

आन्तरिक छानबिन भएका कारण त्यस विषयमा अहिले केही पनि भन्न नमिल्ने उनले बताए । ’प्रतिवेदनमा के कुरा लेखिएको छ भन्ने कुरा अहिले मैले भन्न मिल्दैन, उपयुक्त समय आएपछि प्रतिवेदन सार्वजनिक गरिनेछ,’ रेग्मीले लोकान्तरसँग भने ।

थोकरलाई स्पष्टीकरण सोधिएको उनले स्वीकार गरे । रेग्मीका अनुसार आचारसंहिता विपरीत काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ । साउन १ गते उनलाई ३ बुँदामा स्पष्टीकरणको जवाफ पेश गर्न भनिएको छ ।

निजामती सेवा ऐन र सरकारी वकिलको आचारसंहिताको दफा ४३ बमोजिम अनुशासनमा बस्नुपर्ने, माथिल्लो कर्मचारीलाई आदर गर्नुपर्ने कुरामा उनलाई स्पष्टीकरण सोधिएको छ ।

दफा ४६ बमोजिम सरकारी कामकाजको कुरा बाहिर मिडिया, प्रेसलाई बताउन नहुने कुराको विषयमा पनि उनलाई स्पष्टीकरण सोधिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँगै कार्यरत रहेकी सहायक न्यायाधीवक्ता ललिता श्रेष्ठ र युडेन लामालाई महान्यायाधिवक्ता कार्यालयमा नै काज सरुवा गरी तानिएको छ । ‘उहाँहरूले दिनुभएको निवेदनकै आधारमा उहाँहरूलाई यहाँ काज सरुवा गरिएको हो,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले लोकान्तरसँग भने, ‘साउन ६ गतेदेखि नै उहाँहरू यहाँ हाजिर भइसक्नुभएको छ ।’ काजमा तानिएकी ती दुवै जनालाई महान्यायाधिवक्ता कार्यालयको पुनरावेदन शाखामा जिम्मेवारी दिइएको छ ।

थोकरले यसअघि महान्यायाधिवक्ता कार्यालयको सचिवालयबाट दिइएको अनुचित आदेश पालना नगर्दा आफूलाई सरुवा गरिएको भन्दै लोकान्तरलाई बताएकी थिइन् । २०७९असार २ गते उनलाई महान्यायाधिवक्ता कार्यालयले बागमती प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयमा सरुवा गरेको थियो । १४ वर्षीया बालिका बलात्कारका अभियुक्त सुशील चटौतलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको पटक–पटक दिएको दबाब नमानेका कारण आफूमाथि रिसइबी साँधिएको थोकरले त्यतिबेला लोकान्तरसँग भनेकी थिइन् ।

महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता हरि जोशी र महान्यायाधिवक्ता खातीकी स्वकीय सचिव बिन्दुकुमारी रावल धामीले बलात्कारका आरोपित चटौतलाई जोगाउन मुद्दा नै कमजोर बनाएर अदालतमा पेश गर्न पटक–पटक दबाब दिएको उनले आरोप लगाएकी थिइन् ।

महान्यायाधिवक्ता कार्यालयबाट गरिएको सरुवाको निर्णयविरुद्ध थोकरले सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गराउने प्रयास गर्दा सर्वोच्च अदालत प्रशासनले शुरूमा रिट दर्ता नगरी दरपिठ गरेको थियो । २०७९ असार ९ गते सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपिठको आदेश गरेका थिए । त्यसपछि २०७९ असार १४ गते सर्वोच्च अदालतकै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले दरपीठको आदेश बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको थियो । मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x