मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
१ नम्बर प्रदेशको नामकरणको विषयलाई लिएर दलहरू विभाजित भएका छन् ।
सहमतिकै आधारमा १ नम्बर प्रदेशको नामकरण गर्ने भनेर एउटै विन्दुमा उभिन खोेजेका दलका नेताहरू यतिबेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
नेकपा एमाले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई दोषी देखाएर उम्कने प्रयासमा देखिएको छ भने सत्तारुढ दलभित्र पनि नामको विषयमा एकमत छैन ।
मुख्यमन्त्री राईले आन्दोलनलाई उचालेको र हिंसा भड्काउन खोजेको भन्दै प्रदेश सभाको बैठकमा विपक्षी दलका सांसदले आपत्ति जनाएका छन् । अहिले विभिन्न जातीय संघसंस्थाले किरात लिम्बुवान लगायतका नाम राख्न दबाब स्वरूप विभिन्न आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री राईले आन्दोलन गर्न लगाएको एमालेको आरोप छ ।
सोमवारको प्रदेश सभामा बोल्ने नेकपा एमालेका प्रदेश सांसदहरूले मुख्यमन्त्रीको विरोध गरेका छन् । प्रदेश सभाको शून्य समयमा एमाले सांसद बिनादेवी राईले मुख्यमन्त्रीले जनतालाई उचाल्ने काम गरेको र हिंसा भड्काउन खोजेको आरोप लगाइन् ।
एमालेका सांसद लीलाबल्लभ अधिकारीले केही समययता आएको मुख्यमन्त्रीको अभिव्यक्तिले मुलुककै ध्यान खिचेको बताए ।
यता, प्रदेशकै मन्त्रीहरूले मुख्यमन्त्रीको अभिव्यक्ति सदियौंदेखि उत्पीडनमा रहेका समुदाय र भूइँ मान्छेहरूको आवाज भएको बताउने गरेका छन् । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले इतिहास, सभ्यता र उत्पीडित समुदायको पहिचानका पक्षमा वकालत गर्दा भड्काउ देख्नेहरू मूलतः जातिवादी र साम्प्रदायिक भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मन्त्री आङ्बोले जातीय वकालत गर्नेले बिखण्डन निम्त्याइरहेको आरोप लगाएका छन् । नाम राख्न चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच जुहारी नै चल्न थालेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...