×

NMB BANK
NIC ASIA

संसदीय छानबिन

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभेटिएको संसदीय समितिको निष्कर्ष

प्रतिवेदन भोलि बुझाइने

साउन १२, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बजेट निर्माणको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले काम टुंग्याएको छ । 

Muktinath Bank

बिहीवार समितिको म्यादको अन्तिम दिन भएको केही प्राविधिक कामबाहेक प्रतिवेदन तयार गर्ने काम सम्पन्न भएको समितिका सदस्य एवं माओवादी केन्द्रका नेता देव गुरूङले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले शुक्रवार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने र संसदमा प्रस्तुत गरेपछि मात्रै प्रतिवेदनमा उल्लेख भएका कुरा सार्वजनिक हुने गुरुङले बताए । 


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा सर्वसम्मति भयो वा भएन भन्ने प्रश्नमा गुरुङले भने, ‘मल्टी पार्टी डेमोक्रेसीमा जे हुनुपर्ने हो त्यही भयो ।’

Vianet communication
Laxmi Bank

गुरुङको अभिव्यक्ति अनुसार समितिका सदस्यहरूमध्ये बहुमत–अल्पमत भएर पूर्व अर्थमन्त्री माथिको छानबिनको काम टुंगो लागेको छ ।

समितिका रहेका नेकपा एमालेका सांसद सदस्यहरू समितिले तयार गरेको प्रतिवेदनमा सहमत नरहेका बुझिएको छ ।

बहुमतको निर्णय समितिको आधिकारिक हुने प्रतिनिधिसभा नियमावली २०७५ को नियम १८१ मा व्यवस्था छ । समितिमा सत्तापक्षको बहुमत छ ।

समितिमा एमालेका प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक सदस्य छन् । कांग्रेसको तर्फबाट मानबहादुर विक र सीताराम मेहता, माओवादीको तर्फबाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् ।

नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् । ज्येष्ठ सदस्य समेत रहेका कर्णले समिति सभापतिको रूपमा काम गरेका छन् ।

‘विशेष समितिको प्रतिवेदन तयार भइसकेको छ, माननीय सदस्यहरूले हस्ताक्षर गर्न बाँकी छ,’ संसद सचिवालय स्रोतले भन्यो । निवर्तमान अर्थमन्त्री शर्मामाथि लागेको आरोपबारे समितिले एकप्रकारले ‘क्लीन चिट’ दिएको समितिका अर्का एक सदस्यले जानकारी दिए ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता भेटिएको भन्दै प्रतिपक्षी दलले संसदमा कुरा उठाएपछि असार २२ गते ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिलाई सहयोग पुर्‍याउन भन्दै जनार्दन शर्माले सोही दिन अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए ।

संसदीय समितिबाट ‘क्लीन चिट’ पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई अर्थमन्त्रीमा दोहोर्‍याउन चाहेको स्रोतले बतायो । प्रेस सेन्टरका पूर्व पदाधिकारीसँग बिहीवार भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अर्थमन्त्रीमा जनार्दन आउने संकेत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x