×

NMB BANK
NIC ASIA

खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव

साउन १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि विभिन्न प्रदेशमा प्राविधिक कर्मचारीको अभाव रहेको बताइएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज आयोजित प्रदेशस्तरीय तथा स्थानीय समन्वय, सहजीकरण तथा छलफल बैठकमा विभिन्न प्रदेशका प्रतिनिधिले खेलाडी छनोट प्रक्रिया अघि बढाउन प्राविधिक कर्मचारीको अभाव रहेको बताएका हुन् । 

Muktinath Bank

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भएको प्राविधिक र अनुभवी जनशक्तिको आवश्यकता हेरी परिचालन गर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राखेपमा रहेका प्रशिक्षकले नभयाए प्रदेशले आ–आफनो तरिकाले राखेपबाहेकका प्रशिक्षकलाई ‘हायर’ गरी प्रतियोगिताको तयारी गर्न मन्त्री गहतराजले सातै प्रदेशलाई आग्रह गरे । उनले नवौँ खेलकुदको लागि पर्याप्त समय भएको बताउँदै प्रदेशका मन्त्रालयले समन्वय गरेर प्रतियोगिताको तयारी गर्नुपर्ने बताए । त्यस्तै प्रदेश–१ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश–१ मा जनशक्ति अभाव रहेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राखेपका प्राविधिक कर्मचारीलाई प्रदेशमा काजको रुपमा पठाएर सहयोग गरिदिन आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि नौ वटा खेलको छनोट प्रक्रिया सकिसकेको बताउदै प्रदेशबाट ३६ खेलमा नै खेलाडीलाई सहभागी गराउने योजना रहेको बताए । 

Vianet communication
Laxmi Bank

मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले प्रदेश–१ मा जनशक्तिको अभावसँगै अनुभवको कमीका कारणले गर्दा पूर्णरुपमा प्रतियोगिताको तयारी गर्न नसकेको बताए । 
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघको नियमानुसार सञ्चालन गरिने भन्दै खेलगत, खेलाडी र प्रशिक्षकको नाम दर्ता आगामी भदौ १५ गतेभित्र गरिसक्नुपर्ने बताए । उनका अनुसार खेलगत खेलाडी प्रशिक्षक पोशाकको साइज पनि भदौ १५ गतेभित्र दर्ता गराइसक्नुपर्नेछ । 

    नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने तालिका रहेको छ । उक्त प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहनेछ भने ३६ खेल समावेश गरिने निर्णय भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x