×

NMB BANK
NIC ASIA

‘राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’को उपाधि नगरकोटलाई, ६ लाख पुरस्कार

साउन १७, २०७९

NTC
Premier Steels

पोखरामा आयोजना गरिएको ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’को उपाधि नगरकोट दोहोरी साँझ काठमाडौंले जितेको छ । 

Muktinath Bank

सोमवार भएको फाइनल प्रतिष्पर्धामा दरबार दोहोरी साँझ काठमाडौंलाई  पराजित गर्दै नगरकोटले उपाधि जितेको हो । दरबार दोहोरी साँझ उपविजेता बनेको छ ।  प्रतियोगिताको उपाधि जित्ने नगरकोट दोहोरी साँझले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता दरबार दोहोरी साँझले नगद ४ लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै टिमले बराबर अंक प्राप्त गरेपछि दुवै टिम तृतीय बनेका हुन् । तृतीय हुन सफल दुई समूहले डेढ–डेढ लाख नगद पुरस्कार हात पारेको प्रतियोगिता संयोजक जीवन दाहालले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

गत साउन १२ गतेबाट पोखरा सभागृह हलमा आयोजित प्रतियोगिता पाँचौँ दिनमा सोमवार सम्पन्न भएको हो । दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का उत्कृष्ट गायक घोषित भए भने उत्कृष्ट गायिका पनि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित भइन् ।

Vianet communication

यसैगरी अनुशासित टिम धौलागिरी दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो । नव प्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ति कार्कीले प्राप्त गरिन् ।

यो प्रतियोगितामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीलाई थियो । कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा कुल ४५ टिमको सहभागिता रहेको थियो । 

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नव–प्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई  १० हजार रूपैयाँ प्रदान गरियो । 

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको थियोे । 

लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । २००३ साल श्रावण १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x