×

NMB BANK
NIC ASIA

सत्तापक्षका सांसदहरूले गरे महाभियोग प्रस्तावको बचाउ

साउन २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तापक्षका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्तावको बचाउ गरेका छन् । दर्ता भएको ५ महिनापछि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरूले अदालतमा मौलाएको भ्रष्टाचार रोक्नका लागि महाभियोग प्रस्ताव ल्याउनु परेको बताएका हुन् । 

Muktinath Bank

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र कानून व्यावसायी नै आन्दोलनमा उत्रिएपछि महाभियोग ल्याउनु पर्ने अवस्था सृजना भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्वयं सर्वोच्चका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र कानून व्यवसायीहरू आन्दोलनमा उत्रेर खोइ संसद्, खोइ सभामुख भनेर नारा लगाएको हामीले बिर्सियौँ ?’ विश्वकर्माले भने, ‘संसद चल्न नसक्दा विलम्ब भयो, ढिलै भए पनि यो प्रस्ताव पारित गरेर जाऔँ ।’


Advertisment
Nabil box
Kumari

कांग्रेसकै डा. डिला संग्रौलाले न्यायालयमा विचौलियाको राज मौलाएका कारण महाभियोग प्रस्ताव ल्याउनु परेको बताइन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले न्यायालयलाई स्वच्छ बनाउनको लागि महाभियोग प्रस्ताव ल्याउन परेको बताइन् । ‘कानून व्यावसायी र नागरिक समाजलगायत सबै चोलेन्द्रको विरुद्धमा आएकोले यो प्रस्ताव पास गरेर जानुपर्छ । यसको विकल्प भनेको न्यायालयलाई भ्रष्टाचारको अखडा बन्न दिनु हो’ उनले भनिन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले भने चोलेन्द्रलाई सर्वोच्च फर्किन नदिन नियतबस लम्ब्याइएको आरोप लगाए । खगराज अधिकारी, महेश बस्नेतलगायतले सत्ता गठबन्धनले अदालतलाई कार्यपालिकाको काबुमा राख्नको लागि महाभियोग प्रस्ताव ल्याएको आरोप लगाएका थिए । 

२०७८ फागुन १ गते संसद सचिवालयमा दर्ता भई फागुन २९ गते संसदमा पेश भएको प्रस्तावमाथि ५ महिना पछि छलफल भएको हो । सभामा सैद्धान्तिक छलफलपछि महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा जानेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x