माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा समेट्ने आश्वासन दिएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र महेन्द्र राय यादव प्रधानमन्त्री देउवालाई भेट्न मंगलवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
उनीहरूसँगको भेटमा नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा समेट्ने प्रधानमन्त्री देउवाले बताएको अध्यक्ष यादवले जानकारी दिए । ‘प्रधानमन्त्रीसँग हामीलाई पनि ५ दलीय गठबन्धनमा समेट्न भन्यौं । उहाँले सकारात्मक जवाफ दिनुभयो,’ यादवले भने । आफूहरू ५ दलीय गठबन्धनकै हिस्सेदार भएको यादवको भनाई छ । नेपाल समाजवादी पार्टी जनता समाजवादीबाट छुट्टिएर बनेको दल हो । भेटका अवसरमा डा। भट्टराईले ५ दलीय गठबन्धनमा सिट बाँडफाँट कार्यदलमा समेत आफ्नो पार्टीको प्रतिनिधित्व गराउन प्रधानमन्त्री देउवालाई भनेका थिए । त्यसबारे देउवाले गठबन्धनका नेताहरूसँग छलफल गर्ने जवाफ दिएको यादवले बताए ।
००००
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताएका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा आगामी प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने विषयमा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमाथि जवाफ दिँदै मन्त्री शर्माले नेपालको इतिहासमा क्रमिकरूपमा महिला सहभागिताको सुनिश्चितता हुँदै आएको र आगामी दिनमा व्यावहारिक रूपमा पनि बढ्दै जाने बताए ।
००००
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएका छैनन् ।
उनले कोरोना भाइरस विरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरे । ‘खोप नलगाएका उच्च जोखिममा रहेकाले खोप नलगाएका सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन आग्रह गर्दछौं,’ उनले भने ।
मंगलवार मात्र कोरोना भाइरसको संक्रमणबाट २ जनाको निधन भएको छ । हालसम्म ११ हजार ९७४ संक्रमणका कारणले मृत्यु भएको छ । नेपालमा संक्रमणको कारणले प्रति १० लाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ ।
००००
परराष्ट्रमन्त्री डा नारायण खड्का गएराति जनवादी गणतन्त्र चीनको भ्रमणमा गएका छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन गएका हुन् ।
००००
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) को कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरु कार्यक्रममा समावेश गरिएको आयोगको भनाइ छ ।
००००
राष्ट्रिय युवा सङ्घ, नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । काठमाडौँमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले केही पदाधिकारी थप्दै ४९१ केन्द्रीय कमिटी बनाएको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी, सन्तोष रावल, अमित लामा, अञ्जना अधिकारी, सुमन पुरी, युवराज श्रेष्ठ, कृष्णहरि केसी, रामजी सापकोटा र सीता सुवेदी रहेका छन् ।
००००
आगामी प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएको छ । एमालेले मंगलवार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो ।
महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानूनी व्यवस्थाअनुसार आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको महासचिव पोखरेलले जानकारी दिए ।
००००
शेयर बजारको मापक सूचक नेप्से मंगलवार ४३.४५ अंकले घटेको छ । नेप्से एकैदिन २.०६ प्रतिशतले घटेर २०६२.८० अंकमा झरेको छ ।
००००
जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेतासँग भेटवार्ता गरेका छन् । पाँच दिने भ्रमणका क्रममा जापानमा रहेका प्रचण्डले मंगलवार उक्त पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कइसँग भेटवार्ता गरेका हुन् । निक्कइ उक्त पार्टीका पूर्वमहासचिव, पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापतिसमेत रहेको बताइएको छ । प्रचण्ड जापान भ्रमण पुरा गरेर बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
००००
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रहरीले ४ अर्ब बजेट माग्ने तयारी गरेको छ । प्रहरीले स्थानीय तह निर्वाचनभन्दा धेरै मतदानस्थल हुने भएकाले अघिल्लो पटकभन्दा यसपालि बजेट धेरै चाहिने भन्दै ४ अर्ब बजेट माग्न लागेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई जानकारी गरायो ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने माग गरेका छन् । कसैले अपमान महसुस गर्ने गरी सिट बाँडफाँट गरिए तालमेल हुन नसक्ने उनको भनाइ छ । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि सञ्चारकर्मीहरू कुरा गर्दै नेता खनालले उचित ढंगले गठबन्धन दलबीच सिट बाँडफाँट हुनुपर्ने धारणा राखेका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् । मन्त्रीबाट हटेपछि संसदीय समितिमा नरहेका नेकपा एसका तीन सांसदले समितिमा जिम्मा पाएका छन् । जसअनुसार रामकुमारी झाक्रीले अर्थ समिति रोजेकी छन् भने विरोध खतिवडा सार्वजनिक लेखा समितिमा गएका छन् । यस्तै कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था समितिमा गएका छन् ।
००००
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।
आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारहरूलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेको बताए । उनका साथ आरजेडीका नेता तेजश्वी यादव पनि थिए ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...