×

NMB BANK
NIC ASIA

गुणस्तरहीन खाना र कपडा बहिस्कार गरौँः राजेश हमाल

साउन २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

महानायक राजेश हमालले गुणस्तरहीन खाना र कपडा बहिस्कार गर्न आह्वान गरेका छन् । उनले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए । 

Muktinath Bank

महानायक हमालले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लत्ता–कपडाहरूभन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो एवं स्वास्थ्यबर्द्धक हुने बताए । उनले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा बहकिन थालेको भन्दै चिन्ता व्यक्त गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए । महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दासमेत धेरै नेपालीहरू सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंघले यसमा पहलकदमी थाल्नुपर्ने सुझाव दिए । उनले मानिसले खाने सामग्रीहरू फ्याक्ट्रीबाट नभई जमिनबाट उत्पादन हुनुपर्ने र त्यसले मात्र मानव स्वास्थ्यको हित गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘हामी आधुनिकतामा बहकिएका छौँ । हामी चाहे उनीहरूको विज्ञापनमा, लालचीमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी बहकिएका छौँ’, उनले भने, ‘हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । त्यसलाई पनि हामीले बिर्सिएर दाउमा राखेका छौँ ।’

Vianet communication
Laxmi Bank

महानायक हमालले अहिले आफूले खाने खानाको स्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताए । उनले बाहिरी आवरणलाई हेरेर नभई सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरूको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । 

प्याकेजिङ गरिएका खाद्य सामग्री स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतर्फ सचेत रहन पनि उनले आग्रह गरे । महानायक हमालले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरूको बहिस्कार गर्न आवश्यक रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x