×

NMB BANK
NIC ASIA

शुक्रवार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती

साउन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७  साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका थिए । 

Muktinath Bank

राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको  योगदान महत्वपूर्ण रहेको राजनीतिक वृत्तमा चर्चा चल्ने गरेको छ । स्व. नेता कोइरालाको स्मरणमा शुक्रवार विभिन्न कार्यक्रम गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका उनले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गरेका थिए । त्यसैको फलस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व. नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो । संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । 


Advertisment
Nabil box
Kumari

राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाएको सुशील कोइराला मेमोरियल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र सदस्यसचिव अतुल कोइरालाले जारी गरेको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ । 

Vianet communication
Laxmi Bank

सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ । कोइरालाले जीवनमा पु¥याएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x