मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठबन्धनका दलहरूबीच हैसियतअनुसार सिट बाँडफाँट हुने बताएका छन् । मंगलवार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै गठबन्धनमा हैसियतअनुसार सिट बाँडिने स्पष्ट पारेका हुन् । उनले गठबन्धन दलका नेताहरूलाई २०७९ को निर्वाचनका आधारमा हैसियत सम्झिन पनि आग्रह गरेका छन् ।
उनले गठबन्धनमा रहेका केही दलका नेताहरूले २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए । उनले नेताहरूलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली कांग्रेसले पाएको मतलाई बुझ्न आग्रह गरे । ‘केही अरु दलको साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ’, उनले भने, ‘२०७४ लाई सम्झिँदै गर्दा नमिठो लाग्छ । २०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुशी लाग्छ । हाम्रो फूर्ति बढ्छ ।’
महामन्त्री थापाले जनप्रतिनिधिहरूलाई आफ्नो हैसियत नबिर्सिन पनि आग्रह गरेका छन् । जिम्मेवारीमा बस्दा कहिलेकाही धेरै कुराहरू भुल्ने गरेको भन्दै जनताको काम सहज ढंगले गरिदिन आग्रह गरे । ‘जिम्मेवारीमा बस्दा कहिलेकाहीँ हामी महत्वपूर्ण कुरा भुल्छौँ, मैले पनि भुलेको थिएँ । चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने हामी जितेपछि के भन्ने बारेमा हामी अलमल्लमा पर्छौँ’, उनले भने ।
कांग्रेसले सोमवारदेखि सञ्चालन गरेको स्थानीय जनप्रतिनिधिसँगको अभिमुखीकरण, बधाई एवं शुभकामना आदानप्रदान कार्यक्रम मंगलवार समापन हुँदै छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...