×

Nic Asia
Dabur
Prabhu Bank

सरसर्ती २४ घण्टा

प्रचण्ड–बाबुराम–वामदेव सहकार्य, भविष्यमा पार्टी एकताको लक्ष्य

काठमाडाैं | भदौ १, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबीच सहकार्य हुने भएको छ।  भविष्यमा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकहरुसँग पार्टी एकीकरण गर्ने लक्ष्यका साथ तत्कालका लागि माओवादी अध्यक्ष प्रचण्डसँग नेसपाका बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमले माओवादीको चिह्नबाट पार्टीले चुनाव लड्ने सहमति गरेका हुन् । 

yONNEX
Frooti
Appy

जसअनुसार माओवादी केन्द्रले भट्टराई र गौतमलाई चुनाव चिह्न प्रयोग गर्न दिने स्थायी कमिटीबाट निर्णय गरिसकेको छ भने सोही अनुसार माओवादी र नेसपाले संयुक्त रुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गराइसकेको छ । 
२०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम अन्ततः सोही पार्टीसँग नजिकिएका छन् । बाबुरामसँग सहमतिपछि प्रचण्डले आफूहरु फेरि एक ठाउँमा उभिएको बताएका छन् । अब एक ठाउँमा उभिन आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’


Advertisment
Lokantar App
Saurya island

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने । 
००००
यसैगरी भट्टराईले नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्ला एक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेकाले माओवादीसँग सहकार्य गर्नुपरेको बताएका छन् ।
उनले मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु नै अहिलेको आवश्यकता भएको बताए ।  भट्टराईले आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको ध्रुवीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने पार्टीको लक्ष्य रहेको बताए ।  
००००
यसैगरी गौतमले निर्वाचनमा जीत सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलवार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका सदस्य गौतमले यस्तो बताए ।

उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए । सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने बताए । उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे ।
००००
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन मंगलबारसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् ।

JYOTI
Vianet communication

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।
००००
काठमाडौं आएको बखत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका धरानका मेयर हर्क साम्पाङले सो क्रममा श्रमदानका लागि निम्ता दिएको बताएका छन् । ‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ।’ उनले मंगलबारसामाजिक सञ्जालमा भनेका छन् । प्रचण्डले आफ्नो निम्तो स्वीकारेर हुन्छ भनेको साम्पाङको भनाइ छ ।
००००
जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला,  ध्रुब बिक्रम ढकाल,  विकास श्रेष्ठ,  नवराज दुलाल, जगन्नाथ पौडेल रहेका छन् । 

यस्तै  विष्णु प्रसाद रेग्मी,  पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल,  महेन्द्र बहादुर थापा क्षेत्री,  भीम बहादुर निरौला,  रामानन्दप्रसाद निरौला,  मोहन सुवेदी,  सुरेशराज खनाल,  निर्मला शर्मा सुवेदी,  हर्क बहादुर क्षेत्री,  पूर्णिमा कोइराला,  तारादेवी महर्जन,  डल्लुराम चौधरी,  ताराकुमारी शर्मा र  भगवती शर्मा ढुङ्गानाको नाम पनि सिफारिस भएको छ । यसअघि सर्टलिस्टमा ६३ जनाको नाम थियो ।
००००
गत स्थानीय चुनावको खर्च विवरण पेश नगर्ने देशभरका १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारवाही गर्न निर्वाचन आयोगले प्रक्रिया अगाडि बढाएको छ ।
निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।
००००
नेपालमा एक वर्षमा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा नेपालमा भित्रिएको यस्तो रेमिट्यान्स आय अघिल्लो आवको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष नेपालमा ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्रिएको छ । उक्त रेमिट्यान्स आय गत वर्ष ९.८ प्रतिशतले बढेको थियो ।
००००
पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मेची(महाकाली स्वाभिमान यात्रा गर्ने निर्णय गरेको छ । मंगलवार सम्पन्न केन्द्रीय समिति बैठकले भदौको अन्तिम हप्तादेखि मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने निर्णय गरेको हो ।
००००
शेयर बजारको मापक नेप्से परिसूचकको वृद्धि एक दिन मात्रै टिकेको छ । पछिल्लो एक सातादेखि लगातार घटिरहेको नेप्से परिसूचक सोमवार ५५.८८ अंकले बढे पनि मंगलवार पुनः घटेको छ । सोमवार २०६५.६९ विन्दुमा पुगेको नेप्से मंगलवार २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आइपुगेको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । उनले मंगलवार उनीहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 
सभापति देउवाले कांग्रेसको विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच आफू नपरेपछि पार्वता डीसी चौधरीले पार्टी छाड्ने घोषणा गरेकी छन् । 
००००
सत्तारुढ गठबन्धनले नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ । मंगलवार बसेको गठबन्धनको बैठकले राष्ट्रपति कार्यालयबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा पेस गर्ने निर्णय लिएको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । संसदमा राष्ट्रपतिले फिर्ता पठाएकोबारे सभामुखले जानकारी गराइसकेका छन् । 
००००
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । तर, नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको छ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

नक्कली शरणार्थी प्रकरणमा प्रहरीमा जाहेरी दिने एक व्यक्ति आफैं फरार अभियुक्तको सूचीमा छन् । ठगीमा परेको भन्दै जाहेरी दिने दाङको तुलसीपुर उपमहानरपालिका– ५ का गजेन्द्र बुढाथोकी आफैं पनि यही प्रकरणमा फरार...

जेठ १५, २०८०

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले सरकारले अर्थतन्त्र सुधार गर्ने प्रयत्न स्वरूप बजेट ल्याएको टिप्पणी गरेका छन् ।  आगामी आर्थिक वर्षको बजेट संसद्‍मा प्रस्तुत भएपछि उनले ...

जेठ १५, २०८०

सरकारले औषधिजन्य प्रयोगका लागि आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । संघीय संसद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको स...

जेठ १५, २०८०

सरकारले आगामी आर्थिक वर्षदेखि देशैभर जग्गाको कित्ताकाट खुला गर्ने भएको छ । यसअघि सरकारले ४ आनासम्मको कित्ताकाट खुला गराउने निर्णय गरेको भए पनि प्राविधिक जटिलता देखाउँदै सार्वजनिक गरेको थिएन । अर्थमन्त्री ...

जेठ १५, २०८०

सकारले आगामी आर्थिक वर्षमा निःशुल्क कम्पनी दर्ता गर्न सकिने सुविधा दिने भएको छ ।​ सोमवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेक...

जेठ १५, २०८०

​सरकारले काठमाडौं तराई फास्ट ट्रयाकको लागि २२ अर्ब ५० करोड बजेट छुट्याएको छ ।  आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यसपटक पनि फास्ट ट्रयाकलाई प्राथमिकतासाथ बजेट छुट्याएका...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

ad
x