×

NMB BANK
NIC ASIA

अस्पताल भवन निर्माणको ठेक्का प्रक्रियाका सबै कागजात ल्याउन कार्यकारी प्रमुख पोखरेललाई निर्देशन

भदौ १, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेशसभाको  सार्वजनिक लेखा समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको छ ।

Muktinath Bank

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामै करोडौंको आर्थिक चलखेल गरि  निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी  मिल्ने गरि टेण्डर आव्हान गरिएकोले ठेक्का रोक्न अदालतमा रिट समेत दायर भएका बेला सार्वजनिक लेखा समितिले उक्त निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिको बुधवार बसेको बैठकले एकसाता भित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेल आफै उपस्थित हुन निर्देशन दिएको समितिका सभापती विष्णु पन्थीले बताए । 


Advertisment
Nabil box
Kumari

यसैबीच समितीले बैंक तथा बित्तिय संस्थाहरुलाई उद्यम गर्न सर्वसाधारणलाई बिना झण्झट ऋण प्रवाहको व्यवस्था मिलाउन आग्रह गरेको छ । 

Vianet communication

बैंक तथा वित्तीय संस्थाहरुका लुम्विनी प्रदेश स्तरीय कार्यालयका प्रमुखहरुसँगको छलफलमा  सभापति पन्थीले बैंकहरुले एक बर्षसम्म बिना निर्णय फाईल अड्काउने गरेको गुनासो आएको बताए  । 

बैंकहरुले सामान्य फाईल पनि एकबर्ष सम्म रोकेर राख्ने गरेको गुनासो आएको भन्दै पन्थीले महिनौसम्म फाईल रोकेर राख्दा उद्यम गर्न चाहनेहरुमा निराशा छाएको बताए ।  

 नेपाल राष्ट्र बैंक भैरहवाकी निर्देशक रन्जना पौडेलले राष्ट्र बैंकले सर्वसाधारणले जम्मा गरेको रकम जोखिम हुन नदिन नीतिगत कडाई गरेको भएपनि सहलियतपुर्ण कर्जामा लक्षित बर्गमा हुने ऋण प्रवाहलाई भने सहज बनाउन निर्देशन दिएको बताइन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x