×

NMB BANK
NIC ASIA

आसन्न निर्वाचनमा गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छः राकुमारी झाक्री

भदौ २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेकी छन् । पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला पूर्वमन्त्रीसमेत रहेकी उनले आफू गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेको स्पष्ट पारेकी हुन् । उनी मन्त्रीबाट हटाइएपछि असन्तुष्ट रहेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । 

Muktinath Bank

नेकपा एस निर्वाचन आयोगमा दर्ता गरेको एक वर्ष पुगेको उपलक्ष्यमा सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आजको दिनलाई मूल्यको राजनीतिको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिनका रुपमा स्मरण गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आगामी निर्वाचनमा गठबन्धनमार्फत अगाडि बढ्ने स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, ‘आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गतिदिन, संविधानलाई सही मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ ।’ 


Advertisment
Nabil box
Kumari

उनले फेसबुकमा लेखेको सन्देश जस्ताको तस्तै

Vianet communication
Laxmi Bank

गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो । हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो ।

स्वभावैले मैले मेरो निर्णय लिँदा दाँया–बाँयाका मेरा आफ्ना राजनीतिक अभिभावक छोडेर आएको दिन थियो । सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु । राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन् । स्वतन्त्रता यानेकी ‘आजादी’को त्यही प्यासनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन् । 

हो हाम्रो विद्रोह त्यही थियोः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनितीक प्रणालीलाई बचाउन र नेपालको राजनितीलाई जनचाहाना अनुसार संचालन गर्न गर्न ।

आज यिनै उपलब्धिको रक्षा गर्ने र  विद्रोहको औचित्य पुष्टि गर्ने समय हो । आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गति दिन, संविधानलाई सही मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ । आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।

बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार÷विचार आएको देख्छु । यो कुरा गलत हो । देशैभरिका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनसमेत अनुरोध गर्न चाहान्छु । 

आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो । यो अवसरमा सबै कमरेडहरू, साथीहरूप्रति हार्दिक शुभकामना ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x