×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भर्सनको गीत रिलिज

भदौ ९, २०७९

NTC
Premier Steels

दशैंको अवसर पारेर आउँदो असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीवार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । 

Muktinath Bank

‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विष्णु भण्डारीको शब्द रचना, सरोज पोखरेलको संगीत रहेको यस गीतमा प्रताप दासको स्वर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिष्टिना गुरुङ प्रस्तुत छन् । मुस्ताङमा जाडोयाममा खिचिएको गीतमा हिमपातको लोभलाग्दो दृश्यहरु समावेश गरिएको छ । भिडियोमा प्रदीप र क्रिष्टिना प्रेमिल मुद्रामा छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication

निर्माण टिमले बिहीवार नै हिन्दी भर्सनको गीत ‘जी म्युजिक कम्पनी’ मार्फत सार्वजनिक गरेको हो । केही दिनअघि निर्माण टिमले चलचित्रको हिन्दी गीतको एल्बम सार्वजनिक गरेको थियो । जसमा समावेश चार गीतहरुमध्ये ‘कोइ न कोइ नाता हैं’ शीर्षकको गीत भिडियोसहित सार्वजनिक गरेको हो । जसमा चर्चित भारतीय पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको संगीत रहेको गीतमा रुबी फुलारा र सुभाष कालेको शब्द रचना छ । हिन्दी भर्सनको गीतमा नेपाली भर्सन ‘मायाको गाउँ’गीतकै दृश्यहरू छन् । दुवै भर्सनमा नेपालको सुन्दरता राम्रोसँग झल्किएको छ । भिडियोका दृश्यहरू निकै लोभलाग्दा छन् । 

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको ‘प्रेमगीत ३’ हिन्दीमा डब गरेर भारतमा प्रदर्शन हुन लागेको पहिलो नेपाली चलचित्र हो । 

चलचित्रमा प्रदीप र क्रिष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, पुश्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, क्रिजन गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको चलचित्रलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । चलचित्र यतिबेला सर्वाधिक चर्चामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x