×

NIC ASIA

मंसिर ४ को निर्वाचनमा ८७ वटा राजनीतिक दल सहभागी हुने

भदौ ९, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र ति दल दल दर्ता हुन आएको जानकारी दिएको छ । 

बिहीवार आयोगले जारी गरेको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ताको निवेदन परेको र एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा  निवेदन प्राप्त गरेको थियो । जसमध्ये आयोगले निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश १ मा ६२ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० छ । मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२ रहेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८ रहेको छ ।
कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिह्नहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ । 

Vianet communication

छुट्टै दल दर्ता गर्न नपर्ने 

आयोगका अनुसार नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) समेत गरी ५ वटा राजनीतिक दलहरूले एउटै चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुने भएका छन् ।

ती दलहरूलाई छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ । 

निर्वाचन चिह्न माग गर्ने दललाई निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा  यस्तो छ आयोगको निर्णय 

छुट्टै दल दर्ता गर्न नपर्ने सम्बन्धमा

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम निर्वाचनमा सहभागी हुन नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)–१ समेत गरी ५ वटा राजनीतिक दलहरूले अनुसूची–१२ बमोजिमको निवेदन पेश गरेकोमा ती दलहरूले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुने गरी राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को अनुसूची–१३ बमोजिमको दल दर्ताको निवदेन पेश गरेको हुँदा ती दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १८ को उपनियम (५) बमोजिम छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको छ । 

निर्वाचन चिह्न माग गर्ने दललाई निर्वाचन चिह्न प्रदान गर्ने सम्बन्धमा

राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाईकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेश गर्दा माग गरेको देखिँदा उक्त दलहरूलाई माग बमोजिम कै तत् तत् निर्वाचन चिह्न प्रदान गर्ने र उक्त चिह्नहरू तत् तत् दलको निर्वाचन चिह्नको रूपमा रहने गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ । 

निर्वाचन चिह्न प्रदान गरी सोको क्रम निर्धारण एवं राजपत्रमा    प्रकाशन गर्ने सम्बन्धमा

दर्ता भएका राजनीतिक दलहरू मध्ये निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभा÷प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा/ प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x