×

NIC ASIA

‘अध्यादेश र हालको विधेयकमा अङ्गीकृत नागरिकताबारे छैन फरक’

भदौ ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

 विसं २०७८ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पेश गरिएको नागरिकतासम्बन्धी अध्यादेश र हाल पेश भएको नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्थामा कुनै फरक छैन । नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न अहिले नयाँ व्यवस्था गरिएको जस्तो वा जनमानसमा हल्ला चलेको जस्तो पाँच वर्ष वा सात वर्ष जस्ता कुनै पनि समयावधि तोकिएको थिएन ।

Muktinath Bank

तर यस सम्बन्धमा भ्रम फैलाइएको भन्दै नेपाल सरकारले यस सम्बन्धमा स्पष्ट पारेको छ । गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्था नेपाल नागरिकता ऐन, २००९ देखि नै क्रियाशील रहेकाले विगत ७० वर्ष अगाडिदेखि नै प्रचलनमा रहेको र यसैका आधारमा नागरिकता पाइरहेको भनी उल्लेख गरे। विसं २०७५ साउन २२ गते तत्कालीन प्रधानमन्त्री ओलीको पालामा दुई तिहाई बहुमतको सरकारले संसद्मा नागरिकता विधेयक पेश गरे पनि त्यो पारित नभई अनिर्णित अवस्थामै रहेको थियो । पछि विसं २०७८ जेठ ९ गते राष्ट्रपतिबाट जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ मा वैवाहिक अङ्गीकृतबारे कुनै उल्लेख गरिएको छैन । यसको अर्थ हाल पेश गरिएको विधेयकको जस्तै नेपालको संविधान २०७२ र नेपाल नागरिकता ऐन, २०६३ मा भएको व्यवस्थालाई नै अध्यादेशमा निरन्तरता दिइएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकता नागरिक र राज्यबीचको सम्बन्धको आधार हो । राज्यले प्रत्याभूत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकलाई नागरिकको दर्जा दिएर वैधानिकता प्रदान गरेको हुन्छ । नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था गरेको छ ।


Advertisment
Nabil box
Kumari

नागरिकता विधेयक अहिले ल्याउन किन आवश्यक ?

Vianet communication

नेपाल नागरिकता ऐन, २०६३ र नेपालको अन्तरिम संविधान, २०६३ ले जन्मको आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । (२०४६ चैत्र मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायीरूपले बसोबास गर्दै आएको व्यक्तिलाई) जन्मको आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरकिता दिने प्रावधान नेपालको संविधान २०७२ को धारा ११ ले गरेको छ ।

यसरी विसं २०७२ मा संविधानले गरेको व्यवस्थालाई सात वर्ष बित्न लागि सक्दा पनि संसद्ले ऐन बनाएर कार्यान्वयन गर्न नसकेको सन्दर्भमा वर्तमान सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाउनुपरेको गृहमन्त्री खाणले बताए । बाबु आमा दुवै नेपाली नागरिक भएता पनि उनीहरुका लाखौँ सन्तानले नेपाली नागरिकता नपाएकै कारण उच्च शिक्षा लिन, सिमकार्ड लिन, सवारी चालक अनुमतिपत्र लिन, बैंक खाता खोल्न, व्यवसायका लागि प्यान कार्ड बनाउन, राहदानी बनाउन, लोकसेवा आयोगको परीक्षा दिन, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न, जन्मदर्ताबाहेकको अन्य घटना दर्ता गर्न, उद्योग व्यवसाय दर्ता गर्न, सङ्घसंस्था दर्ता लगायतका गतिविधि गर्न नपाएर मानवीय जीवनयापन गर्न कठिनाइ भएको छ ।

उनले भने, “संवैधानिक प्रावधानअनुरूप नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गराई राज्यविहीनताको अवस्थामा राख्न मिल्दैन । यसो गर्नु भनेको राज्य आफ्नो नागरिकप्रतिको दायित्वबाट विमुख हुनु हो । यही अवस्थालाई हृदयङ्गम गरी राज्यले आफ्नो दायित्व बोध गर्दै नेपाली बाबु आमाका सन्तानलाई नागरिकता उपलब्ध गराउन यो विधेयक ल्याउन जरुरी भएको हो ।”

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिने व्यवस्था अहिलेको विधेयकले गर्न लागेको र यसले राष्ट्रियता नै खतरामा पर्ने भनी दुष्प्रचार गरेर निहित राजनीतिक स्वार्थ पूरा गर्न नेपाली जनतामा भ्रम सृजना र दुष्प्रचार भएको जस्तो विधेयकमा कुनै पनि व्यवस्था राखिएको छैन ।   

नेपाल सरकारको वैधानिक कानून, २००४ पद्म शम्शेरको पालामा जारी भएको थियो । त्यसमा नागरिकतासम्बन्धी प्रावधानको बारेमा उल्लेख गरिएको थिएन । नेपाल नागरिकता ऐन, २००९ दफा (३) मा ‘नेपाल राज्यको कानून र नीतिबमोजिम नेपाली नागरिकको साथ कुनै किसिमको वैवाहिक सम्बन्ध भएको स्वास्नी मानिस नेपाल नागरिक ठहर्नेछ’ भनी उल्लेख थियो ।  

यसैगरी नेपालको संविधान, २०१९  धारा ८ मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी नारीको हकमा निजले सो विदेशको नागरिकता त्यागेपछि नेपालको नागरिकता प्राप्त गर्ने सक्नेछ’ भनी उल्लेख छ । नेपाल नागरिकता ऐन, २०२० मा ‘नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्ने’ उल्लेख छ । नेपाल अधिराज्यको संविधान, २०४७ धारा ९ (५) मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले विदेशको नागरिकता त्याग्ने कारबाही चलाएपछि नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

नेपाल नागरिकता ऐन, २०६३ दफा ५ (१) मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपाली नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गरी निवेदन दिनुपर्ने’  उल्लेख छ । यसैगरी नेपालको अन्तरिम संविधान, २०६३ धारा ६ मा ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा प्रचलित कानूनबमोजिम अङ्गीकृत नेपाली नागरिकता लिन सक्ने’ व्यवस्था छ ।

नेपालको संविधान, २०७२ धारा ६ मा पनि ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानूनबमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्नेछ’ व्यवस्था छ ।  

नेपालको संविधान र विशिष्ट पदका लागि नागरिक अधिकारमा सङ्कुचन

नेपालको संविधानको धारा २८९ ले राज्यको विशेष महत्व र मर्यादाको पदका लागि नागरिकका बीचमा अधिकारको सामान्य विभेद र सङ्कुचन गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

माथिका पदबाहेक अन्य संवैधानिक निकायको पदमा संविधानबमोजिम नियुक्तिका लागि नेपालको अङ्गीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा १० वर्ष, जन्मको आधारमा र वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा कम्तीमा पाँच वर्ष नेपालमा बसोबास गरेको हुनुपर्नेछ ।

नागरिकता विधेयक आउँदा के हुन्छ ?

नेपाली नागरिक बाबु आमाका करिब लाखौँ सन्ततिहरु नागरिकता नपाएकै कारणबाट चरम निराशा र राज्यविहीनताको अवस्थामा रहेका छन् । त्यस्ता व्यक्तिहरुले नागरिकता प्राप्त गरी राज्यबाट प्राप्त हुने सुविधा प्राप्त गर्ने र राज्यप्रति अपनत्व बढ्ने तथा दायित्वबोध हुने गृहमन्त्री खाणको भनाइ छ । 

यसैगरी गैरआवासीय नेपाली नागरिकलाई राजनैतिक र प्रशासनिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र दिने गरी नागरिकता प्रदान गर्ने व्यवस्थाले उनीहरुले संवैधानिक व्यवस्थाबमोजिमको अधिकार प्राप्त गर्नेछन् ।

नेपालभित्र फेला परेका पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक बाबु वा आमाको पत्ता नलागेसम्म १६ वर्ष पूरा भएपछि वंशजको नागरिकता पाउन सक्ने, संस्था वा कानूनी संरक्षकद्वारा हुर्काइएको अवस्थामा त्यस्तो संस्थाको सिफारिस वा संरक्षकको नागरिकता तथा स्थानीय तहको सिफारिसको आधारमा वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा छ ।

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको स्वघोषणाका आधारमा वंशजको नागरिकता प्राप्त गर्न सक्ने विधेयकमा व्यवस्था छ ।

नागरिकता विधेयक नआउँदा के हुन्छ ?

नागरिकता विधेयक नआएको खण्डमा संविधानले प्रत्याभूत गरेको नागरिकता पाउने अधिकारबाट लाखौँ व्यक्ति वञ्चित हुनेछन् । वैवाहिक अङ्गीकृतको हकमा विद्यमान नेपाल नागरिकता ऐन, २०६३ अनुरूप नेपाली नागरिकसँग विदेशी महिलाले वैवाहिक सम्बन्ध र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गरी नागरिकता प्राप्त गर्ने व्यवस्थाले निरन्तरता पाउने छ । साथै गैरआवासीय नागरिकहरुले संवैधानिक व्यवस्थाबमोजिमको अधिकार प्राप्त गर्न वञ्चित हुन्छन् ।

अध्यादेश र अहिलेको विधेयकमा के फरक छ ?

विसं २०७८ जेठ ९ गते केपी शर्मा ओली प्रधानमन्त्री भएको मन्त्रिपरिषद्ले सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ र हाल पेश भएको विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्थामा कुनै भिन्नता छैन । अङ्गीकृत नागरिकताको विषयमा नेपाल नागरिकता ऐन, २०६३ को व्यवस्थालाई नै निरन्तरता दिइएको छ । यो ऐन सात दल र तत्कालीन नेकपा माओवादीबीच सहमति भएर जारी भएको थियो । ऐन जारी हुँदा केपी शर्मा ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो भने राष्ट्रपति विद्यादेवी भण्डारी सांसद हुनुहुन्थ्यो । साथै सो ऐन जारी हुँदा व्यवस्थापिका संसद्मा प्रतिनिधि रहेका दल र सदस्यहरुमध्ये सबैजसो दल र केही सदस्यहरु वर्तमान सङ्घीय संसद्मा पनि रहनुभएको छ ।  तत्कालीन अवस्थामा उक्त ऐनमा राखिएको वैवाहिक अङ्गीकृतसम्बन्धी प्रावधानमा सबैको सहमति थियो । 

विसं २०७८ मा पेश भएको अध्यादेश र हाल पेश भएको विधेयकमा नयाँ व्यवस्था राखिएको भनेको गैरआवासीय नेपाली नागरिकलाई राजनैतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था मात्र हो ।

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान २००९ सालदेखि (नेपालको संविधान २०१९ को दोस्रो संशोधन २०३२ सालदेखि तेस्रो संशोधन २०३७ हुनु अघिसम्म बाहेक) हालसम्म निरन्तरता पाएको छ । अहिले समयावधि नराखी नागरिकता दिँदा राष्ट्रको अस्मितामा आँच पुग्ने भनी दुष्प्रचार गरेर भ्रम सिर्जना गर्ने काम भएको भन्दै गृहमन्त्री खाणले गुनासो गरे । 

केपी शर्मा ओली प्रधानमन्त्री कालमा तीन वर्ष पाँच महिनासम्म दुई तिहाइको सरकारले संविधानको प्रावधानअनुरूप नागरिकता ऐन ल्याउन पनि सकेन र वैवाहिक अङ्गीकृतको हकमा समायवधि पनि राखेन । अध्यादेश ल्याउँदा पनि वैवाहिक अङ्गीकृतको हकमा नेपाल नागरिकता ऐन, २०६३ को व्यवस्थालाई निरन्तरता दिई समयावधिको व्यवस्था गरिएन । गृहमन्त्री खाणले भने, “अहिले वैवाहिक अङ्गीकृतलाई नागरिकता दिँदा निश्चित समयावधि तोक्नुपर्ने, नतोक्दा राष्ट्रियता नै खतरामा पर्छ भन्नु दुष्प्रचारभन्दा बढी केही होइन । यो भ्रमबाट सबै नेपाली जनता मुक्त हुनुपर्दछ ।” रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x