×

NMB BANK
NIC ASIA

त्रिवि घटनाबारे एमालेले गरायो सरकारको ध्यानाकर्षण

भदौ १३, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) ले सत्तारुढनिकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

प्रतिनिधिसभाको सोमवारको बैठकको शुरुमा एमालेका सांसदहरूले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले विश्वविद्यालयका प्राध्यापकलाई कुटपिट गर्नेमाथि प्रहरीले संरक्षण गर्ने, महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनेजस्ता कार्यले स्वदेशभित्रको उच्च शिक्षा खस्कँदो र अध्ययनका नाममा पुँजी पलायन हुन थालेकाेमा चिन्ता व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री ज्ञवालीले तीन वर्षमा तीन सय दिन तालाबन्दी भएपछि विश्वविद्यालयको हालत के होला भन्ने प्रश्न गर्दै विद्यार्थीलाई सुरक्षा र प्राज्ञिक स्वतन्त्रताको रक्षा गर्नुपर्नेमा यस्ता व्यवहारले शैक्षिक उन्नयन कसरी हुन्छ भन्ने चिन्ता व्यक्त गरे । 

Vianet communication

सांसद ज्ञवालीले विश्वविद्यालयमाथिका यस्ता घटनाबारे सम्बन्धित मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने जनाएर एमालेका सबै सांसद आ-आफनो स्थानबाट उठेपछि सभामुख सापकोटाले उक्त समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिएका थिए । त्यसपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x