×

NMB BANK
NIC ASIA

टिकट वितरणमा स्थानीय तहको जस्तो अनौठो घटना हुँदैनः प्रचण्ड

भदौ १३, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक टिकट वितरणमा अनौठो घटना नहुने बताएका छन् । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीभित्र टिकट वितरणमा अनौठो घटना नहुने उनको भनाइ छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताए । 

Muktinath Bank

‘अरु पार्टीमा भन्दा हाम्रो पार्टीमा स्थानीय तहको निर्वाचनमा कमै मात्र त्यस्ता घटना भए । हाम्रो पार्टीमा पनि अनौठा घटना भए । कोही बाइकबाटै टिकट सोरेर लगेर अर्कैलाई दिने घटना भए । कोही स्थानमा पार्टीले अर्को भनेको छ, अर्कै मान्छे गएर दर्ता गरेको छ’, उनले भने, ‘तर प्रदेश र संघमा त्यस्तो हुँदैन । त्यस्तो हुन दिइँदैन । हामीले प्रत्यक्षमा प्रतिनिधि सभामा ६० सिट भन्दा घटन सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गठबन्धन रहने कि नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनबाट आगामी निर्वाचन लड्ने प्रतिबद्धता जनाए । प्रचण्डले एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रहिरहने दाबी गरे । उनले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गरे । 


Advertisment
Nabil box
Kumari

‘अहिले पनि कयौँ साथीहरूलाई यो गठबन्धन रहन्छ कि अर्को वाम गठबन्धन बन्ने हो कि के हो भन्नेजस्तो प्रश्न बेलाबेलामा आएका छन् । ढुक्क हुनुस्, जबसम्म प्रतिगमनकारी प्रवृत्ति परास्त हुँदैन तबसम्म गठबन्धन रहिरहन्छ । यही गठबन्धनको आधारमा नै हामी निर्वाचनमा जान्छौँ’, उनले भने, ‘यसैको आधारमा हामीले प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउँछौ । अर्को गठबन्धन बन्न सम्भव छैन । कम्युनिष्ट एकता गरेको तीन वर्ष पुग्दा नपुग्दै विभिन्न छलछाम र षड्यन्त्र भएपछि हामी क्रान्तिकारीहरू त्यस प्रतिगमनका बिरुद्ध आन्दोलनमा उत्रिएका थियाैँ ।’ 

Vianet communication

उनले तत्कालीन नेकपा रहँदा आफूहरूबिरुद्ध षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्तावेजसहितको राजनैतिक बम नेकपा सचिवालयमा वर्षाएको बताए । उनले भने, ‘हामीले हेड क्वार्टरमा बम वर्षाको नै हो । १९ पृष्ठ लामो दस्ताबेज मैले ड्राफ्ट गरेर नेकपाको सचिवालयमा प्रस्तुत गरेँ, त्यो साँच्चै राजनैतिक बम जस्तै थियो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x