×

NMB BANK
NIC ASIA

बेदुराम भुसाल र विजय पौडेल रूपन्देही १ तथा सोमप्रसाद पाण्डे पाल्पा २ बाट उम्मेदवार सिफारिस

भदौ १४, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीले रूपन्देही क्षेत्र नम्बर १ र पाल्पा क्षेत्र नम्बर २ बाट आउँदो निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । रूपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेललाई सिफारिस गरिएको छ । पार्टी क्षेत्रीय कमिटीको बैठकले भुसाल र पौडेलसँगै जिल्ला नेता उमापति पाण्डेलाई तेस्रो नम्बरमा नाम राखेर सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

त्यस्तै पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे उम्मेदवारको लागि सिफारिस भएका छन् । पार्टीको तानसेनमा सम्पन्न जिल्ला सचिवालय बैठकले पाण्डेले सर्वसम्मत रूपमा उम्मेदवारको रुपमा सिफारिस गरेको प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डे अहिले पनि पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य छन् । उनी पार्टीको पोलिटव्यूरो सदस्य पनि हुन् । नेकपा एमालेबाट पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा पाल्पा–२ बाट निर्वाचित भइसकेका छन् । एमाले विभाजपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका हुन् । 


Advertisment
Nabil box
Kumari

२०६४ को संविधानसभा सदस्यमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए । उनी पाल्पा क्षेत्र–२ मा सत्ता गठबन्धनको तर्फबाट पनि बलियो दाबेदार हुन् । यद्यपि गठबन्धनको तर्फबाट भने उनी साझा उम्मेदवार बनिसकेका छैनन् । 

Vianet communication

रुपन्देही २ मा कांग्रेसले बलियो दाबी प्रस्तुत गरिरहेको बेला नेकपा एसले निर्वाचन क्षेत्र १ मा चाँडै उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एसले क्षेत्र नम्बर १ मा आफूहरूको दाबी रहेको सन्देश दिन चाँडै उम्मेदवार टुंगो लगाइएको चर्चा चल्न थालेको छ । 

रूपन्देही क्षेत्र नम्बर १ यस अगाडि नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका थिए । रूपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एसका युवा नेता राजु गुरूङले गठबन्धनमा दाबी गर्दै आएका छन् । तर, क्षेत्र नम्बर २ कांग्रेसले दाबी प्रस्तुत गर्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x