×

NMB BANK
NIC ASIA

विद्युत् प्राधिकरणमा चार्जिङ स्टेशन, विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५ गुना सस्तो

भदौ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसन उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलवार चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् । प्राधिकरणले पहिलो चरणमा कुल ५१ वटा चार्जिङ स्टेसनको जडानको काम गरिरहेको छ । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । 

Muktinath Bank

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताए । रत्नपार्कको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले बताए । उनले निजी क्षेत्रलाई पनि प्राधिकरणले तोकेबमोजिमको मात्र शुल्क लिन आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको जानकारी दिएका छन् । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । 


Advertisment
Nabil box
Kumari

उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको जानकारी दिएका छन् । घिसिङले  विद्युतीय सवारी एक घण्टाभित्र पूर्णरूपमा चार्ज गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रतिकिलोमिटरमा ७० पैसा लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरूमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । 

Vianet communication
Laxmi Bank

उनले चार्जिङ स्टेसनमा समयअनुसार फरक–फरक हुने बताउँदै राति पिक समयमा ८ रुपैयाँ ७० पैसा र रातिको समयमा ५ रुपैयाँ ५ पैसा तथा बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको बताए । 

कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने गाडीभन्दा १५ गुनाभन्दा धेरै सस्तो हुने दाबी गरे । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए । 

उनले निजी क्षेत्रले राखेको चार्जिङ स्टेसनहरू अनियन्त्रित रहेकोमा चिन्ता जनाए । ‘अहिले निजी क्षेत्रले धेरै ठाउँमा राखेका चार्जिङ स्टेसनहरू अनियन्त्रित छन् । बढी नै शुल्क लिएको छ । १५ रुपैयाँ लिदाँ पनि १५ गुणा नै अन्यभन्दा सस्तो छ । तर त्यो शुल्कलाई  नियन्त्रण गर्छौं । प्राधिकरणले सस्तोमा दिएपछि सस्तोमा दिनुपर्छ । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्छ । भाडा पनि एउटै राखेको पाएका छौँ । विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । विस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौँ’, उनले भने । 

प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गालगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको बताएको । विद्युत् खपत प्रबद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरूमा द्रुत सवारी चार्जिङ स्टेसनको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x