×

NMB BANK
NIC ASIA

शुक्रवारदेखि रिलिज हुन लागेको फिल्म ‘झिँगेदाउ’ के हो ?

भदौ १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन्, ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । जसमध्ये एक दशकअघिको हिट गीतलाई लिएर ‘सम्हालिन्छ कहिले मन’ निर्माण गरिएको हो, जुन प्रेमकथानक चलचित्र भएको जोकोहीले सहजै अनुमान लगाउन सक्छन् । अर्को चलचित्र ‘झिँगेदाउ’ भने साहित्यकार भीमनिधि तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको हो । तर, यसको टाइटल ‘झिंगेदाउ’ भनेको के हो भन्नेबारे भने धेरै जानकार नहुन सक्छन् । ‘झिंगेदाउ’ पुरानो एक खेल हो, जुन समयसँगै यतिबेला हराइसकेको छ ।

Muktinath Bank

पहिले–पहिले नेपाली समाजमा खेलिने विविध खेलमध्ये एक रोचक खेल हो, ‘झिंगेदाउ’ । यो एक जुवा प्रकृतिको खेल हो, जसमा खेलाडीहरूले खालमा सिक्का पैसा थाप्ने र हार–जितको लागि झिंगालाई पर्खेर बस्नु पर्ने हुन्छ । झिंगा आफ्नो मनमौजी पारामा इच्छा लागेको समयमा कुनै एक सिक्कामा गएर गएर बसिदिँदा खेलमा जित–हारको निर्णय हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झिंगाको पर्खाइ, उसको चाल–ढाल, उसको उडानले खेलमा मनोरञ्जन र रोचकता पैदा गर्छ र समय पनि सजिलै कट्छ । 


Advertisment
Nabil box
Kumari

प्रविधिको विकास भएपश्चात मानिसहरूले रेडियो, टेलिभिजनलगायतबाट आफूले चाहेअनुसारको मनोरञ्जन प्राप्त गर्न थाले । समयसँगै यो खेल विस्तारै लोप हुँदै गयो । अहिले अधिकांश नेपालीहरूलाई यो खेलको बारेमा जानकारी छैन । साहित्यकार भिमनीधि तिवारीले ‘झिंगेदाउ’ खेललाई आधार बनाएर तत्कालीन नेपाली समाजको चित्रण हुने गरी सोही शीर्षकमा एउटा रोचक कथा रचना गरेका थिए । 

Vianet communication
Laxmi Bank

सो कथा नेपाली भाषा प्रकाशिनी समितिले वि.स. २००८ साल कात्तिकमा ‘नेपाली सामाजिक कहानी–अन्तरे भाग)मा प्रकाशित गरेको थियो । सोही कथामा आधारित रहेर यतिबेला पुराना निर्देशक ज्ञानेन्द्र देउजाले फिल्म ‘झिंगेदाउ’ निर्माण गरेका हुन् । 

फिल्ममा केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा, कुशल विष्ट, हिउँवाल गौतम, विजय देउजा, अंशु थापालगायतको मुख्य भूमिका छ । बुधवार गरिएको प्रिमियरमा ‘झिँगेदाउ’लाई अग्र्यानिक कथामा बनेको पारिवारिक फिल्म भनेर धेरैले प्रशंसा गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x